२४ सै घण्टा सेवा दिने गरी कचनकवलमा माछा पसलको उद्घाटन

बनियानी।  कचनकवल गाउँपालिकाले भारतीय माछालाई प्रतिबन्ध लगाएसँगै स्थानीय पोखरीमा पालिएका माछाले प्राथमिकता पाउने भएको छ। 

सोमबार गाउँपालिका अध्यक्ष  कालेन्द्र प्रसाद राजवंशी र उपाध्यक्ष नवराज भट्टराईले संयुक्त रुपमा कचनकवल ६ को बनियानी बजारमा एक माछा पसल (फ्रेस हाउस) को उद्घाटन गर्दै सो कुरा बारे कृषकलाई विश्वस्त बनाउँनु भएको हो। 

EPIC EPIC EPIC EPIC EPIC

२४ सैं घण्टा सेवा सुविधा दिने गरी पसल सञ्चालनमा आएको माछा पसलको सञ्चालक भने सुरज तामाङ रहेका छन्। 

पसल सञ्चालनमा ल्याउन उनलाई स्थानीय कनक राजवंशीले सहयोग गरेको सञ्चालक तामाङले बताए। 

स्थानीय पोखरीमा उत्पादित विभिन्न प्रजातिका माछा रहु कत्ले, विगेट, कमनकार्प, पम्पलेट ग्रासकार्प लगायतका माछा पाइने छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *