३०० बिरुवा रोप्दै बुधबारे जेसिजले मनायो वातावरण दिवस

बुद्धशान्ति- बिश्व वातावरण दिवसको अवसरमा बुधबारे जेसिजले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
“नयाँ सोच र सृजना, प्राकृतिक प्रणालीको पुनर्स्थापना” भन्ने नाराका साथ आज बुद्धशान्तिका बिभिन्न क्षेत्रमा बृक्षरोपण गरिएको हो।

बुधबारे जेसिजका उपाध्यक्ष बिष्णु लामिछाने र सदस्य अग्नेस दाहालले कार्यक्रमको संयोजन गरेका थिए।जन्मदिन खासदिन अन्तर्गत कार्यक्रम राखिएको संयोजक दाहालले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २ का वडाध्यक्ष डिल्लि ओलिले ‘गोल्डन सावर’ प्रजातिको फुल फुल्ने बिरुवा रोपेका थिए।
बुधबारे जेसिज बर्ष२०२२ का अध्यक्ष मुकेश भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष अनिल वाग्ले,पुर्वाध्यक्ष प्रकाश भण्डारी लगायतको उपस्थिति थियो।

कार्यक्रम उद्घाटन गर्दै कार्यक्रम संयोजक द्वयले सभापति एवं प्रमुख अतिथिलाई बिरुवा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै सभापति एवं बुधबारे जेसिजका अध्यक्ष मुकेश भट्टराईले पृथ्वीमा रहेका सबै प्राणी मध्ये मानिस श्रेष्ठ प्राणि भएकाले सबैको हितमा काम गर्न अनुरोध गरेका थिए।
उनले बृक्षरोपण गर्नाले सबैको भलो हुने बताउँदै यस्ता कार्यक्रमलाई बुधबारे जेसिजले उच्च प्राथमिकता दिने समेत उल्लेख गरे।

EPIC EPIC EPIC EPIC EPIC

निवर्तमान अध्यक्ष एवं वडा नम्बर १का वडाध्यक्ष अनिल वाग्लेले बढ्दो प्रदुषण र जलवायु परिवर्तन रोक्न स्थानीय स्तरबाटै काम गर्न आवश्यक रहेको औंल्याएका थिए।

बुधबारे जेसिजले बुद्धशान्ति २ स्थित जयपुर चोकबाट उत्तर तर्फ ३०० थान बृक्ष रोपण गरेको हो। गोल्डन सावर,अर्जुन,अशोक,गुल्मोहर लगायत चाडैं फुलहरुका बिरुवा रोपिएको बुधबारे जेसिजका उपाध्यक्ष कुशल अधिकारीले जानकारी दिएका छन्।कार्यक्रमको संचालन बुधबारे जेसिजका महासचिव जेसि अर्जुन ढकालले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *