३१ जनाले लिए उम्‍मेदवारी फिर्ता, ३ जना निर्विरोध निर्वाचित

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा मनोनयन गरेका मध्‍ये ३१ जनाले उम्‍मेदवारी फिर्ता लिएका छन् ।

बुधबार राति आयोगले निकालेको विज्ञप्ति अनुसार ३१ जनाले आफ्नो उम्‍मेदवारी फिर्ता लिएका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

यस्तै आयोगका अनुसार जिल्ला समन्वय समति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्‍यक्ष तथा वडा अध्यक्षका ४४ वटा रिक्त पदमा विभिन्‍न राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र गरी ४१० जनाले उम्‍मेदवारी दिएका थिए ।

यसका साथै निर्वाचन हुने तीन स्थानमा ३ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । आयोगका अनुसार ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

यसैगरी स्थानीय तह उपनिर्वाचनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्‍ये हाम्रो नेपाल पार्टी, नेपाल कम्‍युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (वी.पी.), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा दलले कुनै पनि रिक्त पदका लागि उम्‍मेदवारी दर्ता नगराएको आयोगले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *