३ महिनामा ५ सय विदेशीले लिए श्रम स्वीकृति

झापा । विदेशबाट नेपालमा काम गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा ५ सय विदेशीले श्रम स्वीकृति लिएका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार असोज मसान्तसम्म यो संख्यामा गैरनेपाली नागरिकले नयाँ श्रम स्वीकृति तथा नवीकरण लिएका हुन् ।

असोज महिनासम्म १ सय ६५ विदेशीले नयाँ श्रम स्वीकृति लिएका छन् । असोजमा मात्र २८ विदेशीले श्रम स्वीकृति लिएको तथ्यांक छ । यस अवधिसम्म ३ सय ३५ गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण गरिएको छ ।

EPIC EPIC EPIC

आव २०८१र८२ को एक वर्षको अवधिमा भने ८ सय ९२ विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए । विभागका अनुसार उक्त आवमा १ हजार ६ सय ६७ विदेशीको श्रम स्वीकृति नवीकरण भएको तथ्यांक छ ।

नेपालमा निर्माण क्षेत्रको जिम्मा लिएका विदेशी निर्माण कम्पनीहरूमा आउने उच्च दक्ष तथा दक्ष प्राविधिकहरूले यस्तो श्रम स्वीकृति लिने गरेको पाइन्छ ।

विभागका अनुसार यसरी श्रम स्वीकृति लिनेमा चिनियाँको संख्या अधिक देखिन्छ । नेपालको सडक, जलविद्युत्, विमानस्थल सहित ठूला पूर्वाधार निर्माणमा अहिले चिनियाँ निर्माण कम्पनीको बाहुल्य देखिन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *