Search
Close this search box.
Search
Close this search box.

५९औं राष्ट्रिय बाल दिवससँगै कञ्चन ज्योतीले मानायो तीज विशेष कार्यक्रम

बाह्रदशी। झापाको बाहदशी गाउँपालिका वाड नम्बर ५ स्थित कञ्चन ज्योति अंग्रेजी माविले ५९ औं राष्ट्रिय बाल दिवससँगै हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका संस्थापक प्रिन्सिपल निमेष ढुंगेलको सभापतित्व रहेको कार्यक्रममा बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी खरेलको प्रमुख आतिथ्यता रहेको थियो भने बाह्रदशी गाउँपालिकाकै  शिक्षा शाखा प्रमुख ज्ञान बहादुर पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो।

EPIC

कार्यक्रममा स्थानीय फूलबारी प्रहरी चौकीका इन्चार्ज निरज कटुवाल समेतको उपस्थित रहेको थियो। त्यस्तै विद्यालय अभिभावक सङ्घकी अध्यक्ष कोपिला पौडेल लगायत अन्य अतिथि गणको उपस्थिति रहेको कार्यक्रममा विद्यालयकी अभिभावक सीता श्रेष्ठ मेचेले शुभकामना मन्तव्य राख्नु भएको थियो।

उहाँले कञ्चन ज्योतिले पढाईका अतिरिक्त अन्य क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउँदै आएको र यस क्षेत्रका अन्य विद्यालयले पनि कञ्चन ज्योतिलाई उदाहरणका रुपमा लिन सक्ने भन्दै विद्यालयले नेपालको सांस्कृतिक पहिचानलाई थप टेवा पुर्याउन विभिन्न जातजातिका नृत्य प्रस्तुत गरि उदाहरणीय कार्य गरेको समेत बताउनु भयो। कार्यक्रममा कक्षा नर्सरीदेखि दस सम्मका विद्यार्थीहरूले गायन, नृत्य लगायत बालदिवस सम्बन्धी प्ले कार्डको प्रदर्शन तथा वाचन गरेको थिए।

यसका अतिरिक्त विद्यालयका शिक्षक युवराज बरालको लेखन तथा निर्देशन रहेको सन्देशमूलक लघु नाटक समेत प्रदर्शन गरिएको थियो। कार्यक्रममा अभिभावकको लागि प्रतियोगितात्मक नृत्य पनि राखिए‌को थियो जसमा क्रेशिका  तिम्सिना प्रथम, रञ्जिता कडरिया द्वितीय तथा कविता काफ्लेले  तृतीय स्थान प्राप्त गर्नु भएको थियो।

तिज विशेष कार्यक्रम अन्तगर्त शिक्षक, विद्यार्थी तथा अभिभावकका लागि सामूहिक दर खाने कार्यक्रम पनि रहेको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल निमेष ढुङ्गेलले कञ्चन ज्योतिले हरेक वर्षझै यो वर्ष पनि तीज विशेष कार्यक्रम गरेको बताउँदै विद्यार्थीको चौतर्फी विकासका लागि कितावी ज्ञानका अतिरिक्त विभिन्न अवलोकन भ्रमण लगायत क्षमता विकासका कार्यक्रम गर्दै आएको बताउनु भयो।

विद्यालयलाई यो गति प्रदान गर्न उल्लेखनीय भूमिका खेल्नु हुने अभिभावकहरू प्रति उहाँले खुलेर प्रशंसा गर्नु भएको थियो। विद्यालयकी इन्चार्ज रोशनी ढुङ्गेलले स्वागत मन्तव्य राख्नु भएको। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कमल बानियाँ लगायत विद्यार्थीहरू निकिता सुवेदी, सिम्रन सापकोटा र दीक्षा न्यौपानेले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *