६० किलो सुन तस्करीमा पक्राउ परेका ६ जनालाई मुद्दा नचलाउन सिफारिस

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झण्डै ६० किलो सुन तस्करी आरोपमा पक्राउ परेका ६ जनाविरुद्ध भने मुद्दा नचलाउन सरकारी वकिलको कार्यालय काठमाडौँलाई सिफारिस गरेको छ।

सिआईबीले भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध मुद्दा नचलाउन आज बुझाएको प्रतिवेदनमा सिफारिस गरेको हो।

EPIC EPIC EPIC

पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिनालाई बिरामी भएकाले यसअघि नै थुनामुक्त गरिएको छ। बाँकी हिरासतमै छन्। उनीहरुविरुद्ध मुद्दा नचलाउन सिफारिस प्रतिवेदनमा गरिएको हो।

साउन २ गते हङकङबाट नेपाल भित्रिएको ६० किलो अवैध सुन प्रकरणमा सिआईबीले ३२ जना पक्राउ गरेको छ। १८ जना फरार छन्। पक्राउ पर्नेमा ९ जना विदेशी छन्।

फरार रहनेमा भने १४ जना विदेशी रहेको सीआईबीले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *