६० केजी सुन प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा सिआइबी

हङकङबाट नेपाल भित्राइएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानको प्रतिवेदन बुझाउने तयारीमा सिआइबी रहेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो । मंगलबार प्रतिवेदन बुझाउने गरी तयारी भइरहेको स्रोतले जनाएको छ ।  मंगलबार सम्भव नभए बुधबार बुझाउने गरी सिआइबीले तयारी गरिरहेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

अन्तर्देशीय अपराध देखिएको यो प्रकरणमा सिआइबीले संगठित अपराधमा अनुसन्धान गरिरहेको हो । प्रहरीले यसमा इन्टरपोलको समेत सहयोग लिएको छ । जसका लागि एसएसपी दिनेश आचार्य हङकङ र डिएसपी धर्मराज भण्डारी भारत समेत पुगेका थिए ।

राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट भन्सार जाँच पास भएर छुटेपछि केही मानिससहित सुन बरामद गरेको थियो ।

हङकङको क्याथे प्यासिफिक एयरबाट ल्याइएको १५५ किलोको ब्रेक शुभित्र ६० किलो ७१६ ग्राम सुन बरामद भएको हो । उक्त सुन रेडी प्रा.ली नामको कम्पनीले मगाएको थियो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *