६४ लाख राहदानी छपाइ टेन्डर: दुई प्याकेजका लागि सात कम्पनीको आवेदन

काठमाडौं। राहदानी विभागले ६४ लाख राहदानी छपाइका लागि गरेको ग्लोबल टेन्डरको ‘प्याकेज १’ अन्तर्गतका कामको लागि तीन र ‘प्याकेज २’ अन्तर्गतको कामका लागि चारवटा कम्पनीले आवेदन दिएका छन्।

EPIC

विभागले मंसिर १३ गते (२०२४ को नोभेम्बर २८) मा ६४ लाख राहदानी छपाइका लागि भन्दै प्याकेज १ र २ को टेन्डर गरेको थियो।

EPIC EPIC EPIC

विभागले ‘प्याकेज १’ मा स्टिम इन्कुलिडिङ प्री-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजम्यानेट र डेलेभरी राखेको थियो भने ‘प्याकेज २’ मा बुकलेट विथ पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टम समावेश गरी टेन्डर गरेको थियो। ‘प्याकेज १’ अन्तर्गत आईटी इनरोलमेन्ट र ‘प्याकेज २’ अन्तर्गत बुकलेट रहेको थियो।

विभागले यसमा दुईपटकसम्म सयम थपेको थियो। टेन्डरको ‘प्याकेज १’ मा अहिले पनि राहदानी छपाइकै काम गरिरहेको फ्रान्सेली कम्पनी ‘आईडीईएमआईए’, जर्मन कम्पनी मुलबाउर र अमेरिकन कम्पनी आइरिस सफ्टवेयरको आवेदन परेको छ। यसको क्यानडा र भारतमा समेत कार्यालयका रहेका छन्।

यसैगरी ‘प्याकेज २’ अन्तर्गतको काममा लागि चारवटा कम्पनीले आवेदन दिएका छन्।  जसमा राहदानी छपाइकै काम गरिरहेको फ्रान्सेली कम्पनी आईडीईएमआईए, जर्मन कम्पनी भेरिडस, जर्मन कम्पनी मुलबाउर र पोल्याण्डको पीडब्लू पीडब्लूले  आवेदन दिएका छन्।

अब यी कम्पनीहरूको प्राविधिक मूल्यांकन हुने छ। प्राविधिक मूल्यांकनपछि आर्थिक प्रस्ताव खोलिने र कम कबुल गर्ने कम्पनीले छपाइको जिम्मा पाउने छ।

फ्रान्सेली कम्पनी आईडीईएमआईए र जर्मन कम्पनी मुलबाउरले भने विभागले गरेको टेन्डरको दुईवटै प्याकेजको काममा लागि आवेदन दिएका छन्। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *