६ दिनमै २ हजार बढीले अवलोकन गरे दमकको बिजनेस टावर

दमक। दमक नगरपालिका–३ दापगाछीमा निर्माण गरिएको दमक व्यापारिक कम्प्लेक्स (बिजनेस टावर) सर्वसाधारणका लागि खुला गरिएपछि आन्तरिक पर्यटकको आकर्षण उल्लेख्य रूपमा बढेको छ।

साउन १ गतेदेखि सर्वसाधारणको लागि खुला गरिएको यस टावरमा दैनिक सयौँको संख्यामा पर्यटक पुग्न थालेका छन्। दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालका अनुसार, टावर खुला भएपछि घुम्न, फोटो तथा भिडियो खिच्न आउनेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। “अहिले टावरको टुप्पासम्म चढेर टाढासम्मको दृश्यावलोकन गर्न आउने पर्यटकहरू झुम्मिन थालेका छन्,” उनले भने।

EPIC EPIC EPIC EPIC EPIC

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रशासन अधिकृत उमेश खनालका अनुसार, साउन ६ गतेसम्म २ हजार १ सय ४५ जनाले टावर अवलोकन गरिसकेका छन्। प्रतिव्यक्ति १०० रुपैयाँको दरले शुल्क लिई टावरमा प्रवेश गराइन्छ।

खुला गरिएको पहिलो छ दिनमा टावर अवलोकन गर्नेको विवरण यस प्रकार छ:

  • साउन १: ४३८ जना
  • साउन २: ३८४ जना
  • साउन ३: ४८१ जना
  • साउन ४: २७९ जना
  • साउन ५: २९० जना
  • साउन ६: २७३ जना

टावर सञ्चालन र व्यवस्थापनका लागि सघन सहरी तथा भवन निर्माण आयोजना झापालाई अस्थायी जिम्मेवारी दिइएको छ। हालै सरकारको सहकारी विकास मन्त्रालय अन्तर्गत विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको गठन आदेश जारी भइसकेको छ। समितिको कार्यकारी निर्देशक पदका लागि खुला विज्ञापनसमेत आह्वान गरिएको छ।

हाल टावर सञ्चालनका लागि खनालको नेतृत्वमा १० जना कर्मचारी परिचालन गरिएको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणको लागि खुला गरिने टावरमा १६ तलासम्म दृश्यावलोकन गर्न सकिने व्यवस्था गरिएको छ। त्यहाँ दुई वटा लिफ्टमार्फत तला चढ्न सकिन्छ।

करिब १ अर्ब ४५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको ‘बिजनेस टावर’लाई गत २३ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा उद्घाटन गरेका थिए।

टावरमा दृश्यावलोकनका साथै तस्वीर खिच्न आउने पर्यटकको चाप बढेसँगै वरपरका रेस्टुराँ, खाजाघर र साना पसलहरूको व्यापारसमेत फस्टाउन थालेको छ, जसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको देखिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *