नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०२४ को छैंठौ महिना (जुन) मा ७६ हजार ७३६ जना पर्यटक भित्रिएका छन् । यो गत वर्षको यही अवधिको भन्दा ६.२० प्रतिशतले धेरै हो । यसअघि सन् २०२३ को जुनमा ७२ हजार २५० जना पर्यटक भित्रिएका थिए ।
जुनमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् । सो अवधिमा भारतबाट सबैभन्दा धेरै ३७ हजार ८३७ पर्यटक नेपाल आएका छन् । यस्तै, अमेरिकाबाट ८ हजार २८१, चिनबाट ७ हजार ४९४ र बंगलादेशबाट ३ हजार ८५७ जना पर्यटक नेपाल आएका छन् ।
यस वर्षको जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७ अप्रीलमा १ लाख ११ हजार ३७६ र मेमा ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यो सँगै सन् २०२४ को पहिलो ६ महिनामा ५ लाख ८३ हजार १६ जना पर्यटक नेपाल भित्रिएका छन् ।