Search
Close this search box.
Search
Close this search box.

६ महिनामा सवारी दुर्घटनामा परी १ हजार १३७ जनाको मृत्यु

चालु आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा एक हजार १३७ जनाको मृत्यु भएको छ।

साउनदेखि पुस मसान्तसम्म ज्यान गुमाउनेमा पुरुष ८५४, महिला २०९, बालक ५० र बालिका २४ रहेका प्रहरी प्रवक्ता, डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए।

EPIC

दुर्घटनामा १६ हजार ३३५ जना घाइते भएका छन्। त्यसमा तीन हजार २१३ गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते छन्। “डिजिटल प्रविधि, सीसीटिभी जडान, ट्राफिक लाइट, मापसे चेकिङलगायतलाई प्रहरीले प्राथमिकता दिएको छ। योसँगै दुर्घटना कम हुने विश्वास छ,” उनले भने।

सो अवधिमा देशभर १२ हजार ८५६ वटा सवारी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यकामा पाँच हजार ८६५, कोशी प्रदेशमा एक हजार ६३९, मधेशमा तीन हजार १९०, बागमतीमा ७०६, गण्डकीमा १९५, लुम्बिनीमा ६०६, कर्णालीमा ४९५ र सुदूरपश्चिम प्रदेशमा १६० सवारी दुर्घटना भएका छन्।

दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनमा क्षति पुगेको प्रहरीको तथ्यांक छ। सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ। 

तीव्र गति, यात्रुले बाटो काट्दा, मापसे र लापसे, ट्राफिक नियम उल्लंघन, सवारी चालक अनुमतिपत्र प्राप्त नहुनु, ओभरटेक, ओभरलोड, ब्रेक फेल, मोबाइल फोनको प्रयोग, यान्त्रिक गडबडी, झुन्डिएर यात्रा, जीर्ण तथा कच्ची सडक, उकालो ओरालो, हुस्सु र कुहिरो, बाढीपहिरो र चौपायालगायत कारणले दुर्घटना हुने गरेको डीआईजी ढकालको भनाइ छ। 

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुर्घटना बढी हुने स्थानमा निरन्तर चेकजाँच गर्ने, सचेतनामूलक चिह्न राख्नेलगायत काम गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए। 

उपत्यकाका साँघुरा सडकमा तीव्र गतिमा सवारी साधन चलाउँदा बढी दुर्घटना हुने गरेको उनको भनाइ छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *