६ महिनामा साढे ५ हजार विद्युतीय सवारी नेपाल भित्रियो

चालू आर्थिक वर्षको ६ महिनामा साढे ५ हजार विद्युतीय गाडी नेपाल भित्रिएका छन्।

भन्सार विभागको तथ्यांकअनुसार पुस मसान्तसम्म विद्युतीय कार र बस गरी ५ हजार ५४६ वटा भित्रिएका हुन्। 
नेपाल भित्रिनेमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका गाडी छन्। बीवाइडीको अट्टो ३, टाटाको नेक्सन, सेसेर ३ लगायतको मोडल यो वर्गमा पर्छन्।

EPIC EPIC EPIC

दोस्रोमा ५० किलोवाटसम्मका विद्युतीय कार २ हजार ५६ वटा भित्रिएका छन्। १०० किलोवाटदेखि २०० किलोवाटसम्मका कार भने ६८ वटा मात्रै भित्रिएका छन्। 

२५ सिटमाथिका ११ वटा विद्युतीय बस भित्रिएका छन्। १५ देखि २५ सिटसम्मका ६७ वटा र ११ देखि १४ सिटसम्मका १८९ वटा विद्युतीय गाडी भित्रिएको भन्सार विभागले जनाएको छ। 

कुल १३ अर्ब ९७ करोड रुपैयाँका विद्युतीय बस आयात भएका छन्। यसमध्ये विद्युतीय बस ८५ करोड रुपैयाँका मात्रै आयात भएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *