७४औं स्काउट स्थापना दिवसमा मेचीनगरमा अन्तर स्काउट निबन्ध प्रतियोगिता सम्पन्न

७४औं नेपाल स्काउट स्थापना दिवसको अवसरमा मेचीनगर नगरपालिका अन्तर्गतका स्काउट दलहरूबीच मेचीनगर स्काउट समितिको आयोजनामा अन्तर स्काउट निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको छ।

धुलाबारी माविको सभाहलमा आयोजित प्रतियोगितामा १९ स्काउट दलका प्रतिनिधिहरूले “विषादी मुक्त खाद्य पदार्थ” विषयमा आफ्नो विचार प्रस्तुत गरेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रमको सभापतित्व स्काउटर शुष्मा सुब्बाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेज प्रसाद चम्लागाईं उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन स्काउट लिडर टेकेन्द्र ढकालले गर्नुभएको थियो भने स्वागत मन्तव्य स्काउटर सुबास खत्रीले राख्नुभएको थियो।

सहायक राष्ट्रिय प्रशिक्षक मिना कटुवालले प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा वरिष्ठ साहित्यकारद्वय पुण्य खरेल र हरिनारायण भट्टराई निर्णायक रहनुभएको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजयीहरू निम्नानुसार रहेका छन्:

प्रथम स्थान: टिन्जिङ तामाङ — सूर्योदय स्काउट दल
दोस्रो स्थान: तपस निरौला — काँकरभिट्टा स्काउट दल
तेस्रो स्थान: मिसा भारती — सरस्वती स्काउट दल
सान्त्वना पुरस्कार: मेलिस्का राई — नर्थ पोइन्ट स्काउट दल

कार्यक्रमले युवा स्काउटरहरूमा सामाजिक उत्तरदायित्व र रचनात्मकता अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *