Search
Close this search box.
Search
Close this search box.

८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परे बुद्धशान्ति २ का वडाध्यक्ष

झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिँदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् ।

घुस रकम लिँदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

EPIC EPIC

जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उनले घुस रकम असुल गरेको पार्टीको प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले जानकारी दिए । पीडितले पार्टीमा जानकारी गराएपछि योजना बमोजिम रकम लिँदालिँदै ओली पक्राउ परेका हुन् ।

अहिले वडाध्यक्ष ओलीलाई इलाका प्रहरी कार्यालय अनारमणिको नियन्त्रणमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमणिका डिएसपी प्रकाश विष्टले सुरक्षाको अवस्थालाई ध्यान दिँदै वडाध्यक्ष ओलीलाई इप्रकामा राखिएको बताए । उनले प्रहरीको क्षेत्राधिकार नभएकोले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा खबर गरिएको बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *