९० जना तीर्थयात्री बोकेको बस दुर्घटनाः २२ जनाको मृत्यु, अन्य घाईते

भारत। भारतको जम्मुमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन्।

EPIC

हरियाणाको कुरुक्षेत्रबाट जम्मुकश्मीरको रियासी जिल्लातर्फ जाँदै गरेको यात्रु बोकेको बस जम्मु–पुँछ राजमार्ग अन्तर्गत चोकीचोरा भन्ने स्थानमा विहीबार दुर्घटनामा परेको हो।

EPIC EPIC EPIC

बस करिब १५० फिट तल खसेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार बसमा उत्तर प्रदेशको हाथरस र राजस्थानका करिब ९० जना तीर्थ यात्री सवार थिए।

घाइतेहरुलाई जम्मुको अखनुर अस्पतालमा र सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २–२ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *