झापा – झापाको कचनकवल गाउँपालिका अन्तर्गत पर्ने ‘सहिद चन्द्रमणि मार्ग’ को कालोपत्रे निर्माण कार्यको आज एक विशेष कार्यक्रमका बीच शिलान्यास गरिएको छ।

संघीय सरकारबाट प्राप्त रु. ९ करोडको लागतमा निर्माण हुन लागेको यो सडक कचनकवल वडा नं. ६ देखि वडा नं. ७ सम्म जोडिनेछ। स्थानीय पूर्वाधार विकासमा महत्त्वपूर्ण मानिएको यो सडकको निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यो आयोजना नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य एवं संसदीय दलका नेता कृष्णप्रसाद सिटौला तथा नेकपा एमालेका नेताहरूको विशेष पहलमा अघि बढेको हो।
सडकको शिलान्यास कार्यक्रममा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, वडा नं. ७ का वडाध्यक्ष भरत राजवंशी, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि खरेल, नेपाली कांग्रेस वडा नं. ७ का सभापति रमेश पौडेल, समाजसेवीहरू देवी रमण भट्टराई र हरि सिग्देल, वडा सदस्यहरू फागुलाल राजवंशी र सामवती राजवंशी तथा युवा नेताहरू श्याम घिमिरे, योगेन्द्र खरेल लगायतको उपस्थिति रहेको थियो। उहाँहरूले संयुक्त रूपमा सडकको शिलान्यास गर्नुभएको हो।

सडक कालोपत्रे भएपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज हुने र कृषि उपज बजारसम्म पुर्याउन सजिलो हुने विश्वास लिइएको छ।



















