Search
Close this search box.
Search
Close this search box.

९ महिनामा साढे ५ लाख युवा काम खोज्दै विदेशिए, युएई पहिलो रोजाई

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा साढे ५ लाख युवा श्रम गर्नका लागि विदेशिएका छन् ।

गत साउनदेखि चैत मसान्तसम्मको तथ्यांकमा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको संख्या साढे पाँच लाखको हारहारीमा पुगेको हो ।

EPIC

वैदेशिक रोजगार विभागका अनुसार रोजगारीका लागि पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएका हुन् ।

चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै मंसिरमा ७१ हजार २ सय ७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६ सय २२ जना बिदेसिएका छन् ।

यो अवधीमा सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (युएई) गएका छन्  । युएईका लागि एक लाख ३७ हजार ९ सय ८१ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

यस अवधिमा दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण दरमा पनि वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैङ्कले गत महिना सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब रुपियाँ स्वदेश भित्रिएको छ । विप्रेषण भित्रिने दरमा २१ प्रतिशतले वृद्धि भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *