Search
Close this search box.
Search
Close this search box.

जनप्रतिनिधिले पढ्नैपर्ने लेख: स्वतन्त्र चस्माबाट बुद्धशान्तिको निति तथा कार्यक्रम

img 20230626 wa0007

बुद्धशान्ति गाउँपालिका देशको शासकीय संरचना परिवर्तन भए सङ्गै पुराना दुई गा.बि.स बुधबारे र शान्तिनगर मिलि बनेको, सम्भावना बोकेको र गर्नसक्दा प्रचुरमात्रामा रिजल्ट निकाल्न सकिने गाउँपालिका हो ।

फरक भौगोलिक अवस्थिती अनि फरक जनचेतनाको स्तर रहेको हाम्रो गाउँपालिकामा पुर्ववर्ती दुई गाबिसलाई बिकासको स्तर होस या मानव बिकास सूचकांक हो हिसाबमा होस एक ठाउँमा ल्याउनका निमित्त स्थानीय सरकारले सानोतिनो प्रयासले गर्न असम्भव जस्तै छ तर धरातलिय यथार्थ बुज्ने र दृण ईच्छाशक्ती हुने हो भने नहुने भन्ने छैन ।

EPIC EPIC

समग्रमा अध्ययन गर्दा नीति तथा कार्यक्रममा धेरै कुरा समेट्न खोजिएको छ र यी सबै कुरा प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नीति तथा कार्यक्रम अनुसारको बजेट बिनियोजन हुँदा राम्रै रिजल्ट निस्कने आशा गर्न सकिन्छ ।
नीति तथा कार्यक्रम यस्तो महत्वपूर्ण दस्तावेज हो कि जसलाई प्रस्तुत गर्ने सरकारको मुखपत्र मान्ने गरिन्छ र यसैको आधारमा आउने एक आर्थिक बर्ष स्थानिय सरकारको हरेक कार्य मार्गनिर्देशित हुन्छ ।

यसै क्रममा बुद्धशान्ती गाउँपालिकाले ल्याएको हालैको नीति तथा कार्यक्रम अध्ययन गर्दा उक्त दस्ताबेजमा उल्लेखित कुराहरु कार्यान्वयन हुने हो भने राम्रै मान्न सकिन्छ तथापी त्यहाँ स्पस्ट नभएका र छुटेका केहि कुराहरु यहाँ लिपीबद्द गर्ने कोसिस गरिएको छ ।

१. विश्व मंचमा हरेक फोरममा उपलब्ध बिश्वका नेतृत्वगण ले समेत उठाउदै आएको दिगो बिकासको अवधारणालाई नीति तथा कार्यक्रममा समेटिएको छ तर त्यसको अवधारणालाई अङ्गिकार गर्नका निमित बिकासका क्रियाकलाप र स्थानिय स्रोत र साधनको समुचित प्रयोगका निमित्त कुन बाटोबाट अब हुने बिकासका क्रियाकलाप र स्रोत पहिचानका कृयाकलापहरु निर्देशित हुने भन्नेबारे स्पष्ट छैन।

२. कुनै पनि क्षेत्रको बिकास मापन गर्ने विभिन्न सूचकांक हुन्छन् र त्यस्ता सूचकांक मध्ये मानव बिकास सूचकांक पनि एउटा प्राथमिक र अहंम हो ।
हाम्रो गाउँपालिकाको सबैभन्दा पेचिलो र प्राथमिकतामा पर्न पर्ने कुरा हो जस्तो लाग्दछ तर बिडम्बना कुनै पनि दस्ताबेजका पानाहरुमा यसले ठाउँ पाँउदैन । साबिकको शान्तिनगर र साबिकको बुधबारे बिच पुर्बाधार,शैक्षिक क्षेत्र, आर्थिक क्षेत्र तथा यस्ता हजारौं मापनका सुचकहरु छन् जो यहि क्रममा अघि बढ्दै जाने हो भने बर्तमानमा रहेको समानताको सामान्य खाल्डो भबिष्यमा बिशाल बन्नेमा शंकै छैन ।

३.सामाजिक बिकास र बिकासमा समानिकरणका निमित्त हरेक वार्डका सम्भावना बोकेका योजनाहरु समग्रतामा अध्ययन गरि प्राथमिकतामा पार्नका निमित्त अल्पकालीन कार्यक्रम र दीर्घकालीन कार्यक्रमलाई प्राथमिकीकरण गरि त्यस अन्तर्गत अब हुने बिकासका कार्यक्रमहरु संचालित हुदा प्रभाबकारी हुने आंकलन गर्न सकिन्छ जस्तो लाग्दछ ।

४. बढ्दो बसाइँसराइ र घट्दो कृषिमा आधारित जनसंख्या हाम्रो अहिलेको च्यालेन्जिङ्ग र तातो बिषय रहेको छ ।
आम जनता बिकासका पुर्बाधारहरुको प्रयोगका निमित्त गाउँ छोडी शहर तिर माईग्रेट भईरहेको र हुनसक्ने कुरालाई पुर्ब अध्ययन गरि बसोबासका निमित्त उपयुक्त वातावरण भएको साबिकको शान्तिनगरलाई दीर्घकालीन रुपमा बसोबास क्षेत्रको रुपमा बिकास गर्न ब्यवस्थित बसोबासको योजना ल्याई आवश्यक पुर्बाधारहरुको दीर्घकालीन बिकास गर्दै जाने ।
बुधबारे क्षेत्रलाई भबिस्यको सम्भावना बोकेको तराई र पहाडको संयोगको बजार भएकाले ब्यवस्थित शहरीकरणका निमित्त अहिलेबाटै निर्माण हुने संरचनाहरुमा अण्डरग्राउड पार्किङ्ग बेगरको ठुला ब्यापारिक संरचनाको नक्सा पास नगर्ने र पार्किङ्ग ब्यवस्थापन नगर्नेलाई बनाउन नदिने । बसपार्कको कार्य छिटो अघि बढाउने तथा निकट दिनमानै आउने पार्किङ्गको समस्या ब्यवस्थापन गर्न अहिलेनै कार्यक्रम तय हुनु पर्ने ।

५. शिक्षा क्षेत्रमा सामुदायिक बिधालयहरुको बिकासका निमित्त सामुदायिक बिधालयका आफ्ना आन्तरिक स्रोत पहिचान र परिचालनमा गाउँपालिकाको स्पष्टकार्यक्रम आउन पर्दछ जस्तो लाग्दछ । हाम्रो गाउँपालिकाका विभिन्न बिधालयमा बिद्यार्थी संख्या बढाउनका निमित्त हरेक बिधालयमा गाउँपालिका आफैँले आफ्नो सकृयतामा कम्तिमा एउटा प्राबिधिक विषयको अध्ययन को ब्यवस्थापन गर्न सके राम्रो हुने देखिन्छ ।

६. कृषि क्षेत्रमा बितरण भईरहेको अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन समुह तथा सहकारीमा आबद्द नभएका किसानहरुलाई कसरी लाभान्वित पुर्याउने ?
हुनेले अनुदान पाईरहेको र वास्तविक कृषिक यस बिषयमा बेखबर रहेकाले स्पष्ट कार्यक्रम आउन जरुरि देखियो ।

७. सफा खानेपानी र यसको समुचित बितरणको कुरा गर्दै गर्दा खानेपानीका मुहानहरुको सरक्षणका निमित्त बृक्षारोपण मात्र प्रभावकारी हुन सक्दैन । स्थानिय ठुला नदिहरु टिमाई र हडिया लगायत अन्य खोलामा भईरहेको अब्यवहारिक उत्खनन तथा प्रयोगलाई निरुत्साहित गर्दै तटबन्धको निमित्त प्रभावकारी कार्यक्रम आउन जरुरी ।

८. शान्तिनगर तथा इरौटारको उपल्लो भुभागको धरातलिय अवस्थालाई हेर्दै भुक्षय नियन्त्रणका बिषयमा प्रभावकारी कार्यक्रम आउन पर्दछ । स्थानिय टिमाई खोलाको पक्की पुल माथीको क्षेत्र तथा कुरुङ्ग खोलाको समान गडिगाउ माथीको क्षेत्रलाई तत्कालै वातावरण संरक्षण सम्बन्धि अलग कानुन बनाई नदिजन्य पदार्थको उत्खनन तथा प्रयोगमा बन्ध गराउने कार्यक्रम आउन जरुरी देखिन्छ । साथै अन्य खोलाको अवस्था हेरि यहाँ समेट्न सकिने ।

९. कृषीमा आधारित ठूलो जनसंख्या जो दुग्ध पालक कृषक छ्न आज पनि उचित मुल्यको अभावमा पेशाबाटै पलायन हुँदै गरेको अवस्थामा पशुपालनको बिशेष कार्यक्रम आवश्यकता देखिएको छ।

१० स्थानिय स्तरमा खड्किदै गईरहेको नेतृत्वको अभावका निमित्त युवाहरुलाई ब्यवसायिक तालिमका अलावा नेतृत्व तथा ब्यक्तित्व बिकासका प्रभावकारी कार्यक्रम आउन जरुरी ।

११. बढ्दो लागुपदार्थ दुर्ब्यसन तथा यस्ता कृयाकलापमा निरुत्साहित गर्नका निमित्त आवश्यक कार्यक्रम आउन जरुरी ।
१२. स्थानिय जनजाति तथा सिमान्तकृत बर्गलाई शिक्षाको पहुँचमा ल्याउनका निमित्त विशेष कार्यक्रमको आवश्यकता ।
१३. बिकासलाई समतामुलक बनाउनका निमित्त बजेटको बितरण समुचित अनि न्यायपुर्ण बनाएर सम्पुर्ण क्षेत्रको समानिकरण हुन आवश्यक दीर्घकालीन योजनाको कार्यक्रम आउन जरुरी।

समग्रमा माथी उल्लेखित कतिपय कुराहरुमा नीति तथा कार्यक्रम बोल्न खोजेको त देखिन्छ तर त्यहाँ उल्लेखित कुराहरुमात्र प्रभावकारी हुन सक्ने देखिन्न । जसलाई मैले मेरो स्वतन्त्र चश्माबाट नियाल्ने कोसिस गरे । स्थानिय सरकार स्थानीय जनताको सबैभन्दा नजिकको अभिभावकको रुपमा रहेको हाम्रा जनप्रतिनिधिहरु आसिन संस्था हो र हामी सबैको अपेक्षा हाम्रो निमित्त सरकारले यस्तो कार्यक्रम गरेदेखी हाम्रो हित हुनेनै थियो भन्ने रहन्छ । युवा नेतृत्व र गतिशील कार्यपालिकाका सदस्यहरु रहेको हाम्रो गाउँपालिकाको बडि आफ्नो कार्यक्रम कार्यान्वयनमा सफल रहोस शुभकामना ।

( यो लेख बुद्धशान्ति बासी एक कर्मचारीले लेखेका हुन् , उनको आग्रहमा हामिले परिचय गोप्य राखेका हौं )

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *