Search
Close this search box.
Search
Close this search box.

‘बुलेट किराँती’ छुट्ने भएपछि पहिचानवादीद्वारा मेची राजमार्ग बन्दको कार्यक्रम स्थगित

झापा। पहिचानवादीले आह्वान गरेको मेची राजमार्ग बन्दको कार्यक्रम स्थगित गरिएको छ । आफ्ना कार्यकर्ता छुट्ने प्रक्रियामा रहेकाले बन्दको कार्यक्रम स्थगित गरिएको प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिले जनाएको छ । राजमार्ग बन्दका कारण हिजो दिनभर सवारी आवागमनमा अवरोध भएको थियो । आज विहानैदेखि प्रहरीको सहजीकरणमा सवारी साधनहरु सञ्चालनमा आएका छन् । पहिचानवादीहरुले कार्यकर्ताको रिहाइको माग गर्दै बुधबारबाट मेची राजमार्ग बन्द आह्वान गरेका थिए । केहिदिन अघि मेची राजमार्गको रोङमा पराल बोकेको गाडीमा आगजनी गरेको आरोपमा बुलेट किराँती पक्राउ परेका किराँतीको रिहाइको माग गर्दै पहिचानवादीहरुले मेची राजमार्ग बन्दको आह्वान गरेका थिए । बुधबार साँझ जिल्ला अदालत झापाले किराँतीलाई दुई लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएपछि बन्दको कार्यक्रम स्थगित गरिएको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष तथा प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरीले जानकारी दिए । धरौटी रकम व्यवस्था गरेर किराँतीलाई आज छुटाउने प्रयास भइरहेको उनले बताए ।

Read More »

अयोध्यामा जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै

 भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ । मिथिलाञ्चलमा छोरीको घरमा

Read More »

नेपाल आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, परराष्ट्रमन्त्री र सचिवले विमानस्थल पुगेर गरे स्वागत

 नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागि हुन भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । विदेशमन्त्री जयशंकरलाई

Read More »

सिन्धुपाल्चोकमा ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं।  सिन्धुपाल्चोकमा भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १७ मिनेटमा  सिन्धुपाल्चोकको तीनकुण्ड आसपास

Read More »

भारतका विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

भारतका विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै हुनुहुन्छ । सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री एनपी साउदको

Read More »