स्ववियु निर्वाचन : सीतारमेश क्याम्पसमा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

पालिका सन्देश -बुद्धशान्ति । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार राति १२ बजे मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइने हुँदा आज अन्तिम दिन विद्यार्थी संगठन प्रचारप्रसारमा व्यस्त बनेका छन् ।

झापाको बुद्धशान्तिको एकमात्र क्याम्पस सीतारमेश बहुमुखी क्याम्पसमा पनि चुनावी माहोल तातिएको छ । बिद्यार्थी संगठनका नेताहरु भोट माग्न घरदैलो नै गरिरहेका छन् । सीतारमेश क्याम्पसमा नेपाली काङ्ग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु, राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा लागेका छन् ।

EPIC EPIC EPIC

अध्यक्ष पदका लागि त्रिपक्षीय भिडन्त हुने पक्का देखिएको छ । अध्यक्ष पदमा नेविसंघका विवेक वाग्ले, अनेरास्ववियुका अशोक भण्डारी र अनेरास्ववियु (आखिल)को तर्फबाट सन्दिप न्यौपाने चुनावी भिडन्तमा होमिएका छन् । उनीहरु आ-आफ्नो जितको दावेदारी दिँदै चुनावमा उत्रिएका छन् ।

त्यस्तै सचिव पदमा चार जनाले उम्मेद्वारी दिएका छन् । नेविसंघबाट डम्बर कार्की, राप्रविसबाट निगम न्यौपाने, अनेरास्ववियुबाट नितु थापा मगर र अनेरास्ववियु क्रान्तिकारीबाट नेहा कार्कीले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै कोषाध्यक्ष पदमा नेविसंघबाट अभिशेक विश्वकर्मा घतानी, अनेरास्ववियुबाट रोशन रेग्मी र अनेरास्ववियु क्रान्तिकारीबाट काजल राजवंशीले उम्मेद्वारी दिएका हुन् ।

चैत ५ गते हुने निर्वाचनमा सीतारमेश क्याम्पसमा ५२७ जनाले भोट हाल्नेछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *