नवराज मोतेको निर्णायक गोलसँगै ओल्ड मन्क बुद्धशान्ति ५ ले सेमिफाइनलमा

बुद्धशान्ति/ झापाको बुद्धशान्तिमा जारी प्रथम साबिक शान्तिनगर फुटबल प्रतियोगितामा आज भएको खेलमा कप्तान नवराज मोतेको निर्णायक गोलसँगै ओल्ड मन्क बुद्धशान्ति ५ ले सेमिफाइनल यात्रा तय गरेको छ। झापाको बुद्धशान्ति–४, जुनेली बस्तिमा जारी प्रतियोगिताको आजको प्रतिस्पर्धात्मक खेलमा ओल्ड मन्कले १–० को रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा आयोजक जुनेली युथ क्लबसँगको भेट पक्का गरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोस्रो हाफको अन्त्यतिर कप्तान मोतेले निर्णायक गोल गर्दै टिमलाई विजयी बनाएका थिए । डि–बक्सभित्र अन्मार्क रहेका विशाल तामाङको प्रहार विपक्षी गोलकिपरले जोगाउन सके पनि रिबाउन्डमा सतर्क रहेका मोतेले गोल गर्दै बललाई जाली चुमाएका थिए। यस जितसँगै ओल्ड मन्क अब उपाधि नजिक पुगेको छ।

EPIC EPIC EPIC EPIC EPIC

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल भोलि हुने आयोजक समितिका अध्यक्ष विशाल सुनुवारले जनाएका छन् । भोलि धारागोला एफ।सी। बुद्धशान्ति–७ र मङ्गलबारे युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेलको विजेता सृजनशील युवा समाज सट्टाभर्नासँग सेमिफाइनलमा भिड्नेछ।

युवा पुस्तामा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको विजेताले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १२ हजार रुपैयाँमा चित्त बुझाउने आयोजक समितिका सचिव आशिष लिम्बुले जानकारी दिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *