१५० भन्दा बढी स्काउट सहभागी संयुक्त हाइकिङ्ग कार्यक्रम सम्पन्न

झापा, साउन २५ – हल्दीबारी गाउँपालिका र विर्तामोड नगरपालिकामा अवस्थित तीन स्काउट ट्रुपले संयुक्त रूपमा आयोजना गरेको एक दिने हाइकिङ्ग कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा हल्दीबारीबाट सिग्मा स्काउट ट्रुप र चिल्ड्रेन गार्डेन स्काउट ट्रुप, तथा विर्तामोडबाट इडन गार्डेन स्काउट ट्रुप सम्मिलित थिए। हाइकको क्रममा सहभागीहरुले झापा–इलाम सिमानामा पर्ने निन्दा सिरान (झरना) र झापाको सबैभन्दा उच्च स्थानमा रहेको कृष्ण थुम्की मन्दिर अवलोकन गरेका थिए।स्काउटिङको माध्यमबाट बालबालिकामा व्यवहारिक ज्ञान र जीवनोपयोगी सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा १५० भन्दा बढी स्काउटहरुको सहभागिता रहेको आयोजकले जनाएका छन्।

EPIC EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै आयोजकले विर्ता यूथ स्काउट क्रू, विर्तामोड प्रति विशेष धन्यवाद ज्ञापन गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *