एजेन्सी- अफगानिस्तानमा तालिवानले पसलहरुमा राखिएका ‘डमी’को टाउका काट्न थालेको छन् । डमीले मुस्लिम मुल्य र मान्यताको खिल्ली उडाएको भन्दै तालिवानले डमीका टाउका गिँड्ने अभियान चलाएका हुन्।
‘डमी’ मूर्तिको पर्याय भएको भन्दै तालिवानी सरकारले पश्चिमी प्रान्त हेरातमा डमीका टाउका काट्न पसलेहरुलाई निर्देशन दिएको छ ।
मूर्ति राख्न वा मूर्तिको पूजा गर्न इस्लाम धर्ममा बर्जित छ । धर्म र संस्कृति मामिलासम्बन्धी मन्त्रालयले डमी नराख्न निर्देशन दिएपछि तालिवानले त्यसका टाउका काट्न थालेका छन् ।
ब्यापारीहरुले भने डमी फाल्दा आफ्नो व्यवसायमा असर पुग्ने गुनासो गरेका छन्।
-न्युज कारखाना