Search
Close this search box.
Search
Close this search box.

गाउँपालिकाको ७७ लाख खर्चमा पदाधिकारीको अमेरिका भ्रमण

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा लगायतको टोली गाउँपालिकाको ७६ लाख ९६ हजार ५० रुपैया खर्चमा अमेरिका भ्रमणमा जान लागेका हुन ।

अध्यक्ष शेर्पा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा, महिला आयोगकी उपसचिव अन्जु ढुङ्गाना, नायब सुब्बा मेगेन्द्र न्यौपाने, थिलेन शेर्पा, नरेश रिजाल, सुजिना भट्ट र दिपेश रिजाल लगायतको टोली यहि जेनवरी १८ र १९ तारिख (माघ ४ र ५ गते) अमेरिकामा हुने ‘छैटौँ स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसन’ मा सहभागी हुन अमेरिका जान लागेका हुन ।

EPIC

गाउँपालिकाको कार्यपालिका बैठकले गत मङ्सिर २४ गते नै सहभागी हुने टोलीको खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको थियो । १० दिन अमेरिकामा बिताउने टोलीले १७ लाख ३० हजार तीन सय टिएडिएबाफत नै खर्च बुझ्नेछन् भने २० लाख ७५ हजार टिकट, २० लाख पाँच हजार सात सय होटलबास र १९ लाख भैपरि आउने गरी कुल ७६ लाख ९६ हजार ५० रुपैयाँको अनुमानित खर्च विवरण गाउँपालिकाले निकालेको छ ।

यसरी दैनिक भत्ता बुझ्दा दलित आयोगका अध्यक्ष विश्वकर्मा, महिला आयोगकी सदस्य पौडेल, चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पाले १० दिनको भ्रमण र दैनिक भत्ता(टीएडीए) बापत प्रतिव्यक्ति २२५० डलर (प्रतिदिन २२५ डलर) पाउनेछन् भने महिला आयोगकी उपसचिव अन्जु ढुङ्गाना, थिलेन शेर्पा, नरेश रिजालले प्रतिदिन १२५ डलरका दरले पाउनेछन् । यस्तै मेगेन्द्र न्यौपाने, सुजिना भट्ट र दिपेश रिजालले ९० डलर प्रतिदिनका दरले पाउने गरी गाउँपालिकाले निर्णय गरेको छ ।
गाउँपालिकाको पैसामा संवैधानिक आयोगका पदाधिकारीहरू विदेश भ्रमणमा जानू आफैमा लाजमर्दो विषय हो । उसै त जनप्रतिनिधिहरूले केन्द्रबाट प्राप्त सीमित स्रोतसाधनहरूको मनपरी दोहन गरेको भन्दै चौतर्फी आवाज उठी रहँदा जनताको विकास बजेटलाई कटौती गरेर अमेरिका भ्रमणमा जानु कुनै पनि हालतमा ठिक मान्न सकिँदैन ।

स्वायत्तताका नाममा जनताको विकास काट्ने गरी गरिने निर्णय र त्यस्ता पदाधिकारीहरूलाई समयमै लगाम नलगाउने हो भने यो विकृति अझै मौलाउँदै जाने देखिन्छ । यसर्थ कानुनमै परिवर्तन गरेर भए पनि स्थानीय तहका नाममा गरिने असुहाउँदा निर्णयहरू रोक्न सरकारले ढिलाइ गर्नु हुँदैन । यस्ता असुहाउँदा निर्णय प्रस्ताव अघि बढाउने कर्मचारीलाई पनि सचेत गराउनु पर्ने प्रशासनविद्हरुको भनाई छ ।

तस्विरः अध्यक्ष पासाङ नुर्बु शेपा

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *