निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जानकारी दिएको छ ।

सरकारको निर्देशनअनुसार मूल्य समायोजन गरिएको निगमका नायाव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

EPIC EPIC EPIC EPIC EPIC

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ भएको छ । यसअघि १८० रुपैयाँ प्रतिलिटर थियो । यस्तै डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । यसअघि १६३ रुपैयाँ प्रतिलिटर थियो । मट्टितेलकाे मूल्य पनि १० रूपैयाँ घटेकाे छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

सरकारले हालै इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर छुट दिने निर्णय गरेको थियो । भारतले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेको थियो भने ग्यास, डिजेल र मट्टितेलको मूल्य घटेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *