कचनकवल,साउन ३१/
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहिवार झापाको कचनकवल गाउँपालिका आउने भएका छन्।
ओली भदौ २ गते बिहान ८ बजे झापाको चन्द्रगडी विमानस्थलमा अवतरण गरे लगत्तै आफ्ना पूजनिय पितासँग भेट गरे पश्चात् ११ बजे दक्षिणी झापाको कचनकवल गाउँपालिका-६ स्थित बनियानी चौकमा नेकपा एमाले कचनकवल गाउँ कमिटीले आयोजना गरेको वृहत् कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम तथा सांस्कृतिक कार्यक्रममा आइपुग्ने अनेरास्ववियु कचनकवलका अध्यक्ष रबिन नेपालले जानकारी दिनुभएको छ।
त्यस्तै भदौ ४ गते अखिल नेपाल महिला संघको आयोजनामा बिर्तामोडमा हुन गइरहेको महिला प्रशिक्षण तालिममा पनि प्रमुख अतिथि रुपमा सरिक हुनुहुने स्रोतले बताएको छ।



















