बाह्रदशी। बाह्रदशी गाउँपालिका-५ घोडामारामा रहेको कञ्चन ज्योति अङ्ग्रेजी माध्यमिक विद्यालयले आज विद्यालयमा तिज विषेश कार्यक्रमको आयोजना गरेको थियो।
विद्यार्थीहरुमा किताबी ज्ञानका अलावा आफ्ना मौलिक संकृतिको संरक्षण गर्नुपर्छ भन्ने अवधारणाका साथ विद्यालयमा आज तिज लक्षित गायन, नृत्य र सन्देश मूलक नाटक लागायतको कार्यक्रम सञ्चालन भएको विद्यालयका प्रीन्सीपल निमेश ढुंगेलले जानकारी दिनुभयो।
प्रमुख अतिथिका रुपमा बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्ता खरेल रहनुभएको उक्त कार्यक्रममा सभापतिमा विद्यालयका संस्थापक निमेश ढुंगेल रहनुभएको थियो । त्यस्तै स्वागत मन्तव्य विद्यालयकी इन्चार्ज रोश्नी ढुंगेलले प्रस्तुत गर्नुभएको थियो भने आयोजक विद्यालयका शिक्षक यादव पौडेल प्रमुख संचालक हुनुहुन्थ्यो भने सहायक संचालकमा सोही विद्यालयका विद्यार्थी मनिका दाहाल, दिक्षा न्यौपाने र सिम्रन सापकोटा रहनुभएको थियो।
त्यस्तै विद्यालयको कार्यक्रममा अभिभावकको तर्फबाट प्रस्तुत भएका नृत्य भने प्रतियोगितात्मक र अन्य प्रतुतीहरु अप्रतियोगितात्मक रहेकोले नृत्य प्रतुत गर्ने अभिभावकहरुमा सृजना घिमिरे प्रथम भएकी थिइन् भने द्वितीय क्रेशिका तिम्सिना र तृतीय कमला श्रेष्ठ भएकी थिइन्।