माधवप्रसाद खतिवडा/ शान्तिनगर आगामी २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागी प्रतिनिधि सभा तर्फको लागि झापा क्षेत्र न. १ का निम्ति नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट सर्बसम्मत रुपले यस क्षेत्रका धेरै भन्दा धेरै मतदाताहरुको जनआवाजलाई बुझेर उम्मेदवारको रुपमा चयन भएका लोक प्रिय उम्मेदवार हुन बिश्व प्रकाश शर्मा ।
म बिश्व प्रकाश शर्मालाई मात्र होइन उनको पुर्खा हजुरबुवा हजुरआमा देखी नेपालमा प्रतिबन्धित प्रजातन्त्रका लागि सम्पुर्ण उर्जाशिल जीवन समपर्ण गर्नुभएका स्वर्गीय पर्शुराम भण्डारीलाई समेत नजिकबाट चिनेको छु।
प्रजातन्त्रकै लागि पन्चायती कालरात्रीमा जेल , नेल , कठोर यातना , गुहुका ड्रममा डुबाउने, नङमा पिन रोप्ने र काबु बनाउने , नाकमा खुर्पानी पानी हाल्नेसम्मका यातना भोगेका उनका काका याम भण्डारी अहिले जिर्ण र रुग्ण शरीर लिएर ओछ्यान परेका छन ।
अर्का योद्धा केशव भण्डारी पन्चायत कालमा केन्द्रसम्म पहुँच बनाएका वाक पटुता भएका नेता हुन्।
त्यो राजनैतिक परिवार बाम बिचार लिएर राष्ट्रिय राजनितिमै साहित्य र संगीत बिधामा समेत पहिचान बनाएका ब्याक्तिहरुले भरिभराउ छ।
बिश्व प्रकाश शर्मा त्यही फरक फरक राजनैतिक बिचारहरु पल्लवित भएको परिवारमा जन्मी हुर्की बडेका भएकाले होला उनमा राजनैतिक स्पष्टता , व्यबहारमा भद्रता , शालिनता , फरक बिचारमा सहिष्णुता र असहमतिलाई शिष्ट र सभ्य भाषामा ब्यक्त गर्ने गुणले राजनीतिको यो उचाईसम्म ल्याई पुर्याएको मैले महशुस गरेको छु ।
अहिले नेपालको राजनैतिक परिदृष्य हेर्दा ज्यादै निराशामय र संकट ग्रस्त अवस्थामा गुज्रिरहेको प्रतीत हुन्छ ।
ब्यवस्था परिवर्तन त हजारौं बलिदान पछि आयो तर जनता र देशको अवस्थामा परिवर्तन आउन अझै सकिरहेको छैन।
यस्तो अवस्थामा राजनैतिक तरलता, अस्थिरता र दलिय राजनैतिक कर्मिहरुको दलिय परिवर्तनलाई अनेक प्रकारका स्वार्थ पुर्ती गर्ने हतकडा मात्र बनाएको देखिएको छ।
तर बर्तमान अवस्थामा बिश्व प्रकाश जस्तो पारदर्शी , कुनै गलत मनसाय नभएको , अनैतिक र कुनै काण्डको छायासम्म नपरेको स्वछता र स्वतन्त्रताका अथक राजनैतिककर्मी , परिवर्तनमा परिणाममुखी पक्षधरको युवा नेताको परिचय बनाउन सफल देखिन्छन्।
त्यसैले विश्व प्रकाश शर्मा आफ्नो चुनाव क्षेत्रका मतदाताले मात्र होइन मुलुकमै आवश्यकता बोध भएका र भावी राजनितिका लागि प्रजातन्त्रकै भबिष्य सुदृढता कै लागि अपरिहार्य ब्यक्तित्व हुन्।
आम जनता आफ्नो गाउँ आफ्नो ठाउँ आफ्नो क्षेत्र र जिल्लाकै लागि पटक पटक हारलाई पनि किन्चित पर्खाई नगरी अथक परिश्रम गरिरहने, कहिल्यै निरास नहुने, उज्यालो भबिष्यको लागि लडिरहने राजनैतिक योद्धाको नाम हो बिश्व प्रकाश।
उनि राजनितिककर्मि मात्र नभएर साहित्य, सङ्गीत, गायन, नाट्य आदि कलामा पनि पोख्त छन्।
अहिले एकले अर्कोलाई,साथिले आफ्नै साथीलाई स्तरहिन र निम्न कोटिका गाली गलौज र पखाला पखालको बिकृतिलाई नै संस्कृती हो भन्ने पाराको होडबाजी देखि धेरै टाढा रहेर फरक शैलीमा फरक फरक बिचारलाई राम्ररी सुन्ने बुझ्ने र आफ्ना स्पष्ट धारणा राख्ने बानी र व्यबहार भएकैले गर्दा उनलाई आफ्नो खेमाले मात्र नभएर अन्य पक्षले पनि साथ दिइरहेका छन्।
यसै परिप्रेक्षमा मेरो नेपाली काङ्ग्रेससँग कुनै संलग्नता छैन,मैले जिवनका उर्वर समय कमन्युष्ट आन्दोलनमा बिताए।
अहिले हर नेपालीको सपना अमेरिका जापान कोरिया अष्ट्रेलिया होइन यहि नेपालमै पूरा होस भन्ने सपनालाइ बिपनामा साकार पार्ने हेतुले दिनरात अथक परिश्रम गरि रहेका बिश्वप्रकाशलाई यसपटक आफ्नै कोशे बारीको अर्गानिक उत्पादन हुन भनेर समर्थन गरेको छु।
बिगतदेखि नै बिबिधकारणले यो भुगोल केही कालखण्ड बाहेक धेरै समय ओझेलमा परेको हामि सबैले अनुभव गरेका छौं।
यसपटक अवसर पाएर सदुपयोग गरौं, विगतमा बाहिरी पाहुनाहरुलाई जिताएर नपाउने दुख हामिले पाइसकेका छौं।
मंसिर ४ गते आफ्नै दिमागले शर्माको ओज नाँपौ र यस ठाउँ प्रतीको माया मोहलाई यहि समर्पण गर्ने अवसर दिलाऔ, मेरो सबैसँग अपिल छ।
प्राप्त लोकतन्त्रको रक्षा गरौं ।लोकतान्त्रिक संस्कारलाई अवलम्बन गर्न झापा क्षेत्र नम्बर १ का उम्मेदवार बिश्वप्रकाशलाई बिजयी गराई नयाँ सन्देश दिउँ।
One Response
यथार्थको धरातलमा आधारित यो लेख झापा क्षेत्र नं १का मतदाताको निम्ति उज्यालो बाटो हो।सबैले मनन् गरून्।त्यसमा पनि अझ बुद्धजिवीवर्गले।इतिहासको भूल सच्चिन बर्षौं लाग्छ ,हामीलाई उमेरले पर्खदैन।