बर्दिया । बाघको आक्रमणमा मधुवन नगरपालिका वडा नं ३ मा आज एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेका अनुसार अन्तर्राष्ट्रिय कोरीडोरमा पर्ने नेपाल भारत सीमा क्षेत्र नजिकै मधुवन नगरपालिका वडा नं. ३ बस्ने २६ वर्षीया गंगा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको हो ।