नयाँ कार्यालयसँगै नयाँ कार्यक्रम : वडाध्यक्ष वाग्ले

1678069967363

पालिका सन्देश /बुद्धशान्ति गाउँ पालिका वडा नम्बर १ले नयाँ भवन पाएसँगै नयाँ कार्यक्रम शुरु भएको अध्यक्ष अनिल वाग्लेले बताएका छन् ।

सोमबार कार्यलय भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष वाग्लेले नयाँ भवनबाट स्थानिय उत्पादनको खदालाई प्रोत्साहन गर्ने, निवेदन लेख्न नसक्ने सेवाग्राहीका लागी निशुल्क निवेदन लेख्ने सुबिधा पनि शुरु गरिएको उल्लेख गरे। “हामी भाडाको घरबाट नयाँ आफ्नै भवनमा सरेका छौं, चुस्त दुरुस्त सेवाका लागी हामी जनताको साथमा छौं” उनले भने।

EPIC EPIC EPIC

निर्माण सम्पन्न भइ सोमबार गाउँपालिका अध्यक्ष र उपाध्यक्षले नयाँ भवनको उद्घाटन गरेका हुन्।
गाउँपालिका अध्यक्ष मनोज प्रसाईं र उपाध्यक्ष भवनी खतिवडाले सयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।

भवन उद्घाटनमा बोल्दै गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाले यो सगै पालिकाका सबै वडाका कामहरु आफ्नै वडा कार्यलयबाट सम्पादन हुने बताए। “बुद्धशान्तिको इतिहासमा यो नै अन्तिम एवं पछिल्लो वडा हो, सबै वडाहरु अब आफ्नै कार्यलयबाट जनताका कार्य सम्पादन गर्न सक्नेछन्”, उनले भने।

गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले, नि वर्तमान कार्यपालिकाले शुरूवात गरेको कामलाई आँफुहरुले पुरा गर्दै उद्घाटन गर्न पाँउदा खुशी लागेको उल्लेख गरे। गाउँपालिकाले आगामी दिनम पनि भौतिक बिकासका लागी प्राप्त हुन सक्ने श्रोत पहिचान गरी कामहरु गर्ने बताए।

बजारमा कतिपय अफवाह चलेको भन्दै अध्यक्ष प्रसाईंले भने, ” भवन निर्माण भनेर छुट्टिएको रकमलाई शिक्षा वा स्वास्थ्यमा खर्च गर्न मिल्दैन न त स्वास्थ्यको बजेट भवनमा, त्यसैले जुन जुन शिर्षकमा माग गर्दा पालिकाबासीका लागी बजेट प्राप्त हुन्छ,तिनै बिषयमा हामिले खर्च गर्ने हो।”

कार्यलय उद्घाटन कार्यक्रममा भवन निर्माणका लागी जग्गा दान गर्ने जग्गादाताहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा जग्गादाताहरु ध्रुवलाल रेग्मी, तुलसी रेग्मी, भिमकुमार नेवार, यज्ञ न्यौपाने,बिभिषण वाग्ले, हरिकुमार प्रधान थिए।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज कट्टेल, वडा नम्बर १का निवर्तमान जनप्रतिनिधि,वर्तमान वडासदस्यहरु,राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, संघ-सस्थाका प्रतिनिधि लगायत स्थानीयको उपस्थिति थियो।

नयाँ कार्यलय भवनमा एउटा सभा हल सहित ६ वटा कक्ष रहेका छन्। कार्यलयमा निबर्तमान जनप्रतिनिधिहरुको तस्बिर समेत राखिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च