जनक न्यौपाने-झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ५ घोडामारामा स्थानीय नेत्र प्रसाद अधिकारीको घरमा गए राती चोरी भएको छ।
घरमूली अधिकारी आफन्तको बिहेमा दुईदिन अघि नै दामना गएको मौका छोपी चोरी भएको स्थानीयले बताएका छन्।
उनका भाइ दीपक अधिकारीका अनुसार हिजो घरको मूल गेटमा ताला फोरिएको अवस्थामा फेला परेको थियो। तर उक्त घटनाबारे गाउँमा खासै चासो नभएको महसुस गरि चोरले पुन: घर भित्र प्रवेश गरि चोरीको प्रयास गरेको आशंका गरे।
भान्सा, दराज लगायत सबैतिरको सामान छरिएको अवस्थामा रहेको प्रहरीले उल्लेख गरेको छ।
चोरी भएको सामानमा नगद रू १ लाख ७० हजार, करुवा ३० थान, लोटा १५ थान, कचौरा १४ थान, झर्के थाल ३१ वटा त्यसैगरी तामाको कलश १२ थान, चाँदीको ब्रास्लेट २ थान, चाँदीको पाउजु ८ थान, माटोको खुत्रुके २ थान, सुनको मंगलसूत्र १ तोला १२ आनाको १ थान, सुनको कानमा लगाउँने रामलीला डेढ तोला, मिक्सचर ग्राइन्डर एक थान, चाँदीको सिक्री २ तोला, सुनको तिलहरी ४ आना, ताकाको गाग्री २ थान, स्टिलका कचौरा १५ थान, झर्केको सानो कचौरा १५ थान, तामाको थाल ४ वटा चोरी भएको अधिकारले बताए।
मंगलबार बिहान घरको सबै ढोका खल्ला अवस्थामा देखेपछि स्थानीय बुद्धि भट्टराईले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले चोरी बारे अनुसन्धान भइरहेको जनाएको छ।
सो क्षेत्रमा सानातिना चोरीका घटना छिट्पुट देखिएको भएपनि यो घटना नौलो भएको उल्लेख गरेको छ।