काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
प्रवक्ता मोहनकुमार श्रेष्ठकाअनुसार राप्रपाले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय नै गरिसकेको छ ।
राप्रपाले निर्वाचन जित्नैपर्ने निष्कर्ष निकाल्दै कमान्डरसमेत तोकेको छ । पार्टीमा भएको सहमतिअनुसार बारा २ मा बुद्धिमान तामाङ, चितवन २ मा विक्रम पाण्डे र तनहुँ १ मा नीलकण्ठ काफ्लेलाई कमान्डरको जिम्मा दिइएको छ ।
कमान्डरहरूले निर्वाचन क्षेत्रमा छलफल गरेर उम्मेदवार टुङ्ग्याउनेछन् ।



















