अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडागाड नगरपालिकाका वडा नम्बर १२ का तत्कालीन वडासचिव देविप्रसादख जैसी र सोही वडाका तत्कालीन प्रशासन सहायक रत्नबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको अख्तियारले दाबी गरेको छ । उनीहरूले नक्कली लाभग्राही खडा गरी २ लाख ७३ हजार ४ सय रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ । अख्तियारले विशेष अदालत काठमाडौं उनीहरूविरुद्ध सोमबार हदैसम्मको सजाय दाबी गर्दै मुद्दा दायर गरेको हो ।