दिपेन्द्र लुईटेल भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिकामा कोशी प्रदेश लेखिएको बोर्ड पहिचान पक्षधरले भत्काईदिएका छन ।
बोर्डमा कोशी प्रदेश लेखिएको भन्दै शुक्रबार पहिचान पक्षधरले कार्यलयको बोर्ड च्यातेर भुईमा फालिदिएका हुन् ।
दिङला बजारमा रहेको नगरपालिकाको कार्यलयमा साकेला नाच्दा पनि कोशी प्रदेशको बिरोध हुने ब्याज लगाएर साकेला नाचेका थिए । उनिहरुको ब्याचमा कोशी लेखेर क्रस गर्दै बिरोधको संकेत गरेका थिए भने ब्याचमा पहिचान मेटन पाईदैन कोशी प्रदेश चाहिदैन लेखेर ब्याच लगाएका थिए ।



















