पालिका सन्देश/बुधबारे
महानन्द शिक्षा सदनले भारतमा सम्पन्न कराँते प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ।
गत साता भारतको नयाँ दिल्लीमा सम्पन्न कराँते खेलमा बुद्धशान्ति २ की एलिजा घिमिरेले स्वर्ण पदक हात पारेकी थिइन्।
घिमिरेले भारतिय राष्ट्रिय टिमका खेलाडीलाई समेत गरी ४ जनालाई पराजित गर्दै जित हात पारेकी थिइन्।
शुक्रवार एक कार्यक्रम गरी महानन्द शिक्षा सदनले घिमिरेलाई नगद दश हजार सहित प्रमाणपत्रले सम्मान गरेको हो।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेमजोङ्ग, शिक्षा शाखाका झल्का अधिकारी भट्टराई, प्याब्सन बुद्धशान्तीका अध्यक्ष गङ्गा निरौला लगायतको उपस्थिती रहेको थियो।
खेलाडी सम्मान गर्दै गाउँपालिका अध्यक्ष प्रसाईंले राष्ट्रियका गहनाहरु सधैं पुज्य हुने हुँदा त्यसता गहना उत्पादनमा पालिकाले सदैव जोड दिने उल्लेख गरे।
खेलाडी घिमिरेले पालिकाको मात्र नभई देशको नाम उच्च बनाएको भन्दै बधाई दिएका थिए।
उनले निजि र सामुदायिक विद्यालयलाई पालिकाले समान ढङ्गले हेर्दै दुबैको बिकासका लागी आवश्यक कदम चालिएको समेत बताए।
‘निजि भनेपनि सामुदायिक भनेपनि त्यहाँ पढ्ने सबै हाम्रा नानिहरु हुन् उनीहरुले गुणस्तरीय शिक्षा र अन्य ज्ञान समान पाउनुपर्छ भनेर हामीले सहकार्य गरेका छौं’ , अध्यक्ष प्रसाईले भने।
कार्यक्रमका अन्य वक्ताहरुले पनि खेलाडीलाई बधाई दिँदै थप प्रगतिको शुभकामना दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै महानन्द शिक्षा सदनका प्रीन्सिपल भिम श्रेष्ठले बिद्यालयले शैक्षिक सगै अन्य विभिन्न विधामा उत्कृष्ट बिद्यार्थी उत्पादनमा जोड दिने उल्लेख गरे।
कार्यक्रममा गत जेठ १० गते बिद्यालयमा सम्पन्न प्रतियोगिताका बिजेता खेलाडीलाई समेत सम्मान सहित पुरस्कार वितरण गरिएको थियो।
सोही अवसरमा उत्कृष्ट हेण्ड राइटिङ लेख्ने ३ बिद्यार्थी समेत सम्मानित भएका थिए।
कार्यक्रमको संचालन शिक्षक उदय श्रेष्ठले संचालन गरेका थिए।
भारतमा स्वर्ण पदक जित्न सफल एलिजा घिमिरे महानन्द शिक्षा सदनकी कराँते प्रशिक्षक समेत हुन्।