नवलपरासी र पाल्पामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिण तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) हरेकाले देशभर वर्षा भएको हो।

नवलपरासी, बर्दघाट, डन्डा र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ।

जसका कारण विनयी, अरुण, गिरुवारीलगायत सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

महाशाखाले शनिबार बिहान ५ बजे सूचना जारी गर्दै भनेको छ, “उक्त स्थानमा यात्रामा निस्किँदा, डुबान भइरहने होचो भूभाग तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ।”

यस्तै, पाल्पा, स्याङ्जा र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ। वर्षाका कारण निस्तीखोलालगायत सो क्षेत्र भई बहने स–साना खोलामा बाढीको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसैगरी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

राति सबै प्रदेशका थोरै स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिण तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) हरेकाले देशभर वर्षा भएको हो।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *