बिर्तामोडमा गत वर्षकै कर यथावत

बिर्तामोड, ३२ साउन । झापाको बिर्तामोड नगरपालिकाको करको दर अघिल्लो आर्थिक वर्ष २०७९÷८० कै हुने भएको छ ।

नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईंले आज एक विज्ञप्ति जारी गर्दै करको दर अघिल्लो वर्षकै रहने जानकारी गराउनु भएको हो । उहाँले नगर अधिवेशनमार्फत् करको दर हेरफेर गरे पनि नागरिकहरुले व्यक्त गरेको गुनासा, असन्तोष र विरोधहरु सम्बन्धमा जनताप्रति पूर्ण जवाफदेही रहेको यस बिर्तामोड नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ र सोही अनुरुप अघिल्लो वर्षकै करको दर कायम रहने निर्णय गरिएको विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

विज्ञप्तिमा भनिएको छ– ‘बिर्तामोड नगरबासीहरुप्रति पूर्ण जवाफदेही रहेको यस नगरपालिकाको कार्यपालिकाले स्थानीय करदाताबाट उठेका गुनासाहरु, देशकै आर्थिक घरसायीको अवस्था, बजारको प्रतिकुलता र जनतामा आएको नैरास्यता समेतप्रति संवेदनशील हुँदै चालु आवमा हेरफेर भएको सम्पत्ति करलाई साबिक बमोजिम कायम गरिएको छ । सम्पत्ति करलाई साबिक बमोजिम कायम गर्दा चालु आब का लागि प्रस्ताव गरेको वडा तथा नगरस्तरका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक स्रोतमा आएको कमीले असहजतालाई सबै नगरबासीहरुले बुझिदिनु हुन्छ भन्ने विश्वास लिएका छौं । आगामी दिनहरुमा सबै राजनीतिक दल, नागरिक समाज, टोल विकास संस्था, समाजसेवी तथा करदाताहरुसँग आपसी समन्वय र अन्तरक्रिया गर्दै बिर्तामोड नगरपालिकालाई आर्थिक रुपमा आत्मनिर्भर र सक्षम बनाउने कुरामा हातेमालो गर्दै जाने समेत सबै नगरबासीमा अनुरोध गर्दछौं ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *