वडावासीको दुखमा मल्हम लगाउन वडा अनिवार्य पुग्ने रोङ ६ को प्रतिबद्धता

इलाम। इलामको राेङ गाउँपालिकाको वडा नम्बर ६ ले आफ्नो वडा भित्रका कुनै वडावासीको मृत्यु भएमा वडाका जनप्रतिनिधिहरू पुग्ने प्रतिबद्धता कार्यन्वयन गरेको छ ।

 आफ्नो  पार्टीका समर्थकको निधन भएको अवस्थामा मात्रमात्रै मलामी अनि समवेदना बोकेर पुग्ने राजनीतिक दलहरूका व्यवहारलाई चुनौति दिँदै वर्तमान राेङ गाउँपालिका वडा न ६ का वडाध्यक्ष सत्यम् राई चाैरासेले  आफू निर्वाचित भए लगत्तै वडा भित्रका सबै नागरिकहरू आफ्ना लागी  समान हुन र उनीहरूलाई कुनै राजनीतिक हिसाबले असमान व्यवहार  गरिनु हुँदैन भन्ने जनमुखी र लोकतान्त्रिक निर्णय गरेर वडा भित्रका जोकोहीको निधन भएमा वडाको तर्फबाट समवेदना सहित उपस्थित भएर सहानुभूति दिने गरेका हुन् ।

EPIC EPIC EPIC

दोश्रो स्थानीय निर्वाचन भएयता राेङ गाउपालिका बडा न ६ मा एक दर्जन बढि नागरिकको मृत्यु भएको र यसमा सबैको घरमा वडाका सम्भव भएसम्म सबै जनप्रतिनिधिहरू र कर्मचारीहरू पुगेर समवेदना व्यक्त गरिएको वडा सचिव खगेन्द्र खतिवडाले बताए ।

आफ्ना घरमा नजिकको सरकार वडाका जनप्रतिनिधि र कर्मचारीहरू दुखको बेलामा आँउदा आफ्नो दुखी मन पनि केही हलुका जस्तो भएको राेङ छ रम्भ्याङका एक शाेकाकुल सदस्यले बताए । जनक न्यौपाने,  राेङ २३ भदौ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च