आजबाट त्रिभुवन विमानस्थल भन्सारको काम ठप्प

काठमाडौँ । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालयको आजबाट ठप्प हुने भएको छ ।

EPIC

सो भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाई नभए पछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन् ।

EPIC EPIC EPIC

सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए मंगलबार कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ ।

उनीहरुले आइतबार तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए । भदौ २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् ।

६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा माग गरेका थिए । तर, आफ्नो माग दुई साता लागिसक्दा पनि सुनुवाई नभए पछि आइतबारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *