झापा। झापाको अर्जुनधारा र बुद्धशान्ति गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
शनिबार बेलुका अर्जुनधारा नगरपालिका–११ बसपार्क स्थित ताप्लेजुङ फक्तालुङ होटल अगाडिबाट भारत पोराभिट्टा, जिरनगाछ किसानगञ्ज जिल्ला बिहार बस्ने २१ वर्षीय लाल मियाले प्रहरीलाई देख्ना साथ होटलको दोस्रो तलासम्म भागेकाले लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पछ्याई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ११८ ग्राम ७१० मिलीग्राम फेला परेकोले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।
त्यसैगरी शनिबार नै इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ती गाउँपालिका–७ सुनमाई का २८ वर्षीय आषिश राईको घर कोठामा शंका लागेर चेकजाँच गर्दा कोठाको सिरानी मुनी लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



















