Search
Close this search box.
Search
Close this search box.

माईखोला हुँदै इलाम जोड्ने सडकमा पहिरो खस्दा सवारीसाधन आवतजावतमा समस्या

इलाम। मेची राजमार्ग अन्तर्गत माईखोला हुँदै इलाम जोड्ने सडकमा आज बिहान अचानक खसेको पहिरोका कारण सवारी आवातजावतमा समस्या भएको छ।

सूचना प्राप्त भए लगत्तै ट्राफिक प्रहरी कार्यालय इलामको टोली घटना स्थल पुगेको थियो।

EPIC EPIC EPIC

सामान्य प्रयत्नबाट बाटो मर्मत गर्न असम्भव भएपछि जेसिबीको सहयोगमा पहिरो पन्छएर सवारी आवातजावतमा सहजता प्रदान गरिएको ट्राफिक प्रहरी कार्यालय इलामका प्रहरी नायब निरीक्षक दिपक दुलालले जानकारी दिनुभयो।

माइखोला देखि मास्तिर पहिले पनि बाटो बिग्रदो अवस्थामा रहेको र हालको बेमौसमी बर्षादको कारण पहिरोले सडक अवरुद्ध बनेको हो।

आज बिहान करीब १० बजेदेखि ११ बजेसम्म बिपरित दिशाका सवारी साधनहरु जाममा परेका दिए। घण्टौंसम्म सडक जाम हुँदा सही  समयमा आफ्नो गन्तव्यमा पुग्न नसक्दा यात्रीहरुले सास्ती खेप्नु परेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *