बझाङ। तरकारी बेचेर नै ४ महिनामा १ लाख बढि रकम जम्मा गरीएको छ । दुर्गाथली गाउँपालीका वडा नम्बर ५ सैन गाउँकी कृषक मायादेवी जप्रेलले आफुले फलाएको तरकारी जेठ महिना देखि भदौ सम्म बिक्रि गरेर १ लाख २७ हजार ७ सय ७० रुपैया जम्मा गर्नुभएको हो ।
हिजो पत्रकारहरु, कृषि ज्ञानकेन्द्रका प्रमुख टेक बहादुर बिष्टको निगरानीमा उहाले आफनो खुत्रुके फुटाएर जम्मा भएको रकम देखाउनुभएको थियो ।
घरमै खुत्रुके फुटाउदा आफैलाई मात्र थाहा हुने भएकोले सबैलाई तरकारीमा आकर्षण गर्न र तरकारी ब्यावसायले अरुलाई पनि थप उर्जा थप्न सहयोग पुगोस भन्ने उदेश्यले सबैको अगाढि खुत्रुके फुटाइएको जर्पेलले बताउनुभयो । दुई नाली जग्गामा पहिला २ कट्टा मकै फल्थे तर कृषि ज्ञानकेन्द्रको सहयोगमा आफुले हाल तरकारी खेतीमा लागेको र यत्रो आम्दानी भएको बताउनुभयो ।