सामाजिक सञ्जालमा भाइरल हुन अश्लील डान्सलगायत विभिन्न हर्कत गरेका विवादित कोरियोग्राफर÷डान्सर बद्री विष्ट एक युवतीबाट कुटिएका छन्। उनले जसलाई कुर्सीमा राखेर अश्लील डान्सलगायत विभिन्न हर्कत गर्दै आएका थिए, उनै युवतीबाट कुटिएका भिडिओ भाइरल छ।
केही महिना अगाडि बद्रीले एक युवतीसँग ‘चेयर डान्स’ भन्दै अश्लील भागभंगीमासहित भिडिओ बनाएका थिए। तिनै मोडेल भनिएकी रीतु बस्नेतले बद्रीलाई हातपात गरेकी हुन्।
रीतुले आफूलाई जबरजस्ती मदिरा सेवन गराइ भिडिओ बनाएको आरोप लगाएकी छिन्।
पछि बद्रीले उक्त भिडिओका लागि माफी मागेका थिए।



















