जिवनका करिब तीन दशक बित्दै गर्दा उमेरले बाल्यकालका ती तिता अनि मिठा तथा ठट्यौला समयहरु सम्झाउंदछ त अर्कोतर्फ उमेर ले प्रश्न चिन्ह गर्दै गरेको आभास आजकल हुन्छ ।
आखिरकार किन त प्रश्न चिन्ह,आज मुलभुत रुपमा मेरा कलमहरु प्रश्न चिन्हमाथी भुत,बर्तमान र भबिष्यको मझेरीमा कुद्नेछ्न । लेख केही पट्यार लाग्दो होला,लामो नै छ तथापी हामी हाम्रो समाज अनि हाम्रो अपनत्वका बिषयमा चासो राख्नु हुन्छ भने कृपया मेरा आँखाले देख्न भ्याए सम्मको समाज यहाँ प्रस्तुत गर्न खोजेको छु । पढेर प्रतिक्रिया दिनुहुन अनुरोध छ ।
समाज ! आफैमा एउटा विशाल शब्द छ । हामी वास्तबमा यहि समाजको पहेरेदार भएर जिवन्त जिउन चाहने मानिसको लागि अझ हृदयदेखी यो विशाल शब्दका परिभाषा माथी कसैले अपब्याख्या गरिदिदा कता कता मन चसक्क बिझ्दो रहेछ । समाजमा रहेका विभिन्न बिचार दृस्टिकोण अनि आस्था बोकेका हामी मानिस एक ठाउँमा बसि गोलबद्द रहि एउटा आवाजमा हाम्रा आवश्यकताहरु अनि हाम्रो चाहनाहरु पूरा गर्न एउटा स्वरमा बोल्न हामी कहिले सक्ने ! कहिले काहीँ सोच्दछु र यस्ता कुराहरुले भावनामा समेत ठूलो ठेस लाग्दो रहेछ, थाहा छैन कहिले काहीँ समाजमा घट्ने घटना अनि परिघटनाहरुको साक्षी आफू रहँदा रहँदै पनि आफ्नो भुमिका त्यहाँ निभाउन नसक्दा, नपाउँदा यदा कदा मनहरु बहकिदा पनि रहेछ्न र पत्तो नपाईकन कहिले काहीँ सिरानी भिजेका जिवन्त बिपनाहरु पनि आत्मसाथ गरेको यथार्थ म सामु छ ।
मानिस आफैंमा यो युगको सबै भन्दा सर्वश्रेष्ठ प्राणी सिद्द तुल्य छ, आखिरकार के का निमित्त ? ऎना हेरि कहिले काहीँ आफुलाई प्रश्न गर्दछु तर अनुत्तरित रहन्छु किनकी यहाँ सर्वश्रेष्ठको परिभाषा कसले दियो र यो पगरी कसले कुथोर्यो त ! यहाँ हामीले त सर्वश्रेष्ठ पगरी हात पार्न अझै हजारौं माईलको यात्रा तय गर्नु छ र अनवरत रुपमा हाम्रा ब्यक्तित्वहरु समाजका निमित्त निखार्नु छ । जुन दिन हाम्रा समाजका असमानताका रेखाहरु र बर्गिय अवधारणाहरुको अपभ्रम्सित परिभाषाहरु मेटिएर जाने छ्न अनि समाजमा सबैको मुखमा उज्यालो चन्द्रको शुद्द छांयाँ परि हाँसेको मेरो बाजेको थोते दाँत बिना हिचकिचाहट डिच्च देख्ने छु त्यस दिन मात्र म मेरो मानव हुनुको सर्वश्रेष्ठ पगरी वास्तवमै सहि रहेछ भनी मनन गर्ने छु ।
हिजो आज समाजको बनोट सङ्ग नजिकबाट लागि परेका विभिन्न आयामहरुको अध्ययन गर्दा लाग्न थालेको एउटा कुरा हो समाज निर्माण तथा हाम्रो ब्यक्तित्व एक अर्काका परिपुरक छ्न । सामाजिक अस्तित्व मानिसको सबैभन्दा महत्वपुर्ण कुरा रहेछ त्यसमाथी समाजलाई निर्देशित गर्न अग्रस्थानमा आसिन ब्यक्तित्वहरुको ओजले समाज निर्माण र यसको गति निर्देशनमा ठूलो भुमिका खेल्दो रहेछ । यसमा क-कसको भुमिका कस्तो रहयो र रहदै आएको छ म त्यतातिर लाग्न चाहिन कसैको दोष तथा गुण गाउन चाहिन , सबैले म म भन्नू होला हाम्रो समाजले त्यसको चित्रण स्पष्ट पारेको नै छ ।
समाज निर्माण र हाम्रो भबिष्य निर्माणका निमित्त हाम्रो देशमा धेरै परिवर्तनहरु भए र भन्नै पर्दा हाम्रो देशको बिकासमा ठूलो परिवर्तन समेत भयो । जनताको सार्वजनिक प्रशासन तथा राज्यको शासनमा प्रत्यक्ष सहभागिता त रहयो तर हाम्रो बिकास र राज्यको पुनःसंरचनाका आधारहरुले जुन मुलभुत सिद्धान्त बोकि निर्देशित गर्न खोजेको थियो के हामी त्यहाँ सम्म पुग्न सक्यौं त? यसमा तपाईं हाम्रो अनि मेरो कति भुमिका छ । एउटा पेचिलो अनि सोचनिय बिषय तपाईं हामी सामु छ । यसमा हामीले कसैलाई प्रश्न गर्ने भन्दा पनि आफैंलाई प्रश्न सोध्न पर्दछ जस्तो लाग्दछ । हाम्रा जिवनका दैनिकीहरुले हाम्रो जवाफदेहिता मा भुमिका खेल्दछ भन्ने कुरा मनन गर्दछु। एउटा नागरिक हुनको कर्तब्य बोध तपाईं हामीमा कत्तिको छ । के हामीले राज्य प्रती निर्वाह गर्नपर्ने भुमिका असलमा सहिरुपमा निर्वाह गर्दै छौं त ! भुँईमान्छेहरुका सपनाहरुबाट निर्देशित राज्यको परिकल्पना गर्नुस त कति आनन्द आउँदछ । हो त्यो परिकल्पनाका भुँई मान्छेहरु तपाईं हामी हौं जो आज राज्य भन्दा धेरै दुर-दुर आफ्ना जिवनहरु निर्वाह गर्दै छौं र हामी बेखर झैं छौं तर बेखबर नै भने पक्कै छैनौं । असलमा मैले उठाउन चाहेको भुमिकानै समाजमा हाम्रो,मेरो अनि तपाईंको भुमिका हो । हामी आफैं आफ्ना भुमिकाबाट चुक्दै छौं चाहे त्यो हाम्रो निहित स्वार्थले गर्दा होस या हाम्रा परिबन्धहरुले हुन । आज राज्य निर्देशित हुने अनि कुनै पनि नवीन कुराहरु निर्देशित हुने भनेकै ईन्नोभेसनहरुले हुन । जुन ईन्नोभेसन अनि आईडिया कृएसनका माध्यमहरु युवा हुन । जहाँ युवाहरु नै रनभुल्ल्मा पर्न बाध्य छ्न ।यहाँ आत्तिन पर्ने ठुलो कुरा म चैं देख्दिन किनकी हाम्रो राज्य त सबल छ सबैलाई स्विकार्य कुरा हो तर यसलाई निर्देशित गर्ने पुस्ता, तपाईं हामीनै हामीलाई अन्डर ईस्टिमेट गरि आफैसङ्ग अस्वीकार्य छौं । जहाँ समाजका हरेक कुराहरुलाई खुल्ला रुपमा स्विकार्दै अघिबढ्न सक्ने अनि नवीन कुराहरु ईम्प्लिमेन्ट गर्न सक्ने माध्यम हामीनै अपुरो रहे त्यो समाज कुन दिशामा अघि बढ्ला र !
हाम्रो सामु एउटा शिक्षित समाज छ जो सबै कुरा सङ्ग जानकार छ । उ सामाजिक बनोटसङ्ग खेल्न अभ्यस्त छ । अर्को समाज छ एउटा निश्चिततामा रमाउने जो निश्चितकालमा यस्तै हो अब के गर्ने भन्ने । अब अर्को समाज छ जो सबै कुरा बुझेर पनि गुमनाम छ अनि आफ्ना भुमिकाहरु सङ्ग जानकार नै छैन । समाजको चित्रण हरेक कोणबाट हुन सक्लान तर यसको अध्ययन एक कोणबाट मात्र हुन सक्दछ र त्यो हो अभ्यास । हिजो मैले देखेको समाज र आजको समाजमा केही फरक पाउन किन सकिरहेको छैन त ! समयले गरेको परिवर्तन ले समाज यहाँ सम्म फड्को मारेको तितो यथार्थ हो । सोच्नुस त समय सङ्गै हामी पनि परिवर्तन भई समाजमा अग्रसर रहेको भए कत्रो परिवर्तन सम्भव थियो । आफ्नो पुस्तामा परिवर्तन सम्भव नहुदा को पीडा सबैमा छ । देशमा सुनौलो भबिष्य नदेखी आफ्ना सन्ततिहरु बिदेशिनुको पीडा सबैमा छ । अझै पनि अग्र स्थानमा तपाईं हामी नै त आसिन छौं ! मनमा परिवर्तनका सम्भावनाहरु किन फुल्न सकेका छैनन एक फेर आफू सङ्ग विमर्श अब पनि नगर्ने त ? कतै समाजलाई अध्ययन गर्ने अनि निर्देशित गर्ने हाम्रो अभ्यासहरु नै पो गलत छन कि ?
समाज निर्माण मानिसको ब्यक्तित्व तथा सामाजिक अस्तित्वको कुरा गर्दै जाँदा मैले हेर्न चाहेको “म” अर्थात मेरो भुमिका कहाँ त ! यहाँ म अनि मेरो भन्नाले एउटा युवापुस्ताको चित्रण गर्ने जमर्को गरेको छु । आखिरकार प्रश्न तपाईंहामी माथी तेर्सिने निश्चित छ, जसै अहिले हाम्रो पुस्ताले औंलो अघिलतिर तेर्साउदै प्रश्न गर्दै छ तर प्रश्नका जवाफहरु दिने कोहि छैन र ती प्रश्नहरु अनुत्तरित नै छ्न । अब निकट भबिष्यमै ती औंलाहरु हामी तर्फ सोझिने समय निकट छ अब उत्तर खोज्न तयार रहनुको अर्को बिकल्प छैन । कि त उठेका औंलाहरु हेर्दै कालो चस्मा लगाई अनदेखा रहेर अघिबढ्ने शिक्षा हामीले पनि आर्जन गर्न पर्यो । समाज निर्माणमा हस्तक्षेपकारी भुमिका खेल्ने एउटा युवापुस्ता छाती भरी रास्ट्रप्रेम बोकेर अरबमा आफ्नो उर्बर समयहरु ब्यतित गर्दै छ भने अर्कोपुस्ता देशको हालत देखेर आफ्नो तथा सिङ्गो परिवारकै सुन्दर भबिष्यको स्वप्न लिएर उडेको छ । राज्यले एउटा युवा निर्माण गर्न कति लगानी गरेको छ र त्यसको रिटर्न कति राज्यको ढुकुटीमा आएको छ कुनै लेखा जोखा छैन । एउटा कांचो फलामलाई आकृती दिएको छ, जब हतियारमा धार लग्दछ तब हतियार अर्काको भई सक्ने तितो यथार्थ हाम्रो सामु छ । अब समाज निर्माणका निमित्त यमानको भिमकाय पाईला कसले चाल्ने त ! युवाहरु त हाम्रा हातबाट फुत्की सके !
समयले समाज अनि यसको परिकल्पना गर्दै जाँदा धेरै कुराहरुमा प्रश्न सोध्न त बाध्य तुल्याउदछ तर आफुलाई पनि प्रश्न सोध्ने स्थानभन्दा माथी उठि अब यी प्रश्नका जवाफहरु म दिन्छु भन्ने साहस दिन कठिन तुल्याउदो रहेछ । हरेक समाजमा स्वप्न द्रस्टाहरु धेरै छ्न कतिका सपनाहरु साक्षात भए त कतिका सपनाहरु परिकल्पनामै सिमित भए । समाजमा एउटा सक्रिय त्यस्तै युवा पुस्ताको जमात छ । कहिले काहीँ विभिन्न फोरमहरुमा साक्षात गर्ने मौका मिल्दछ अनि आशाका जिजिबिसाहरु सलबलाउन थाल्दछ्न तर पनि परिबन्धका विशाल पहाडहरु छिचोल्दै त्यो पुस्ता हाम्रा कल्पनाका गल्लिहरुमा बिजयको झण्डा फहराएको हेर्न हामी असमर्थ छौँ । वास्तबमा भन्नू पर्दा त्यो पुस्ता कल्पनाका गल्लीहरुमा आफ्नो भबिष्य सङ्ग पौंठेजोरी खेल्दा खेल्दै अस्त हुन बाध्य छ । अब भन्नुस समाजको वास्तविक मार्ग कसले देख्ने त ! अवसरका ती खाली पानाहरुमा कसैले आई वर्तमानका स्वर्णिम गितहरु सुनौला अक्षरहरुमा लेखे हामी कति नाच्दथ्यौं होला, जो आज परिकल्पनामै सिमित छ । मलाई गित लेख्न त आउँछ तर म सङ्ग लिपि बद्द गर्नका निमित्त मसि भरिएका कलमहरु छैनन, अर्को तर्फ तिमी सङ्ग मसि भरिएका कलमहरु त छ्न तर तिमी सङ्ग खाली पानाहरु नै छैनन ।
-सुरज खनाल