पर्सा जिल्लाको वीरगंज महानगरपालिका १७ स्थित आईसीपी ईलाकाबाट २०८० असोज २४ गते सशस्त्र प्रहरीले प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा बढी र फरक सामान बोकेको लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले वीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको माल वाहक ट्रक नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको लत्ताकपडाको भन्सार प्रज्ञापन पत्रमा भने ९८ लाख ३७ हजार ३ सय ६ रुपैयाँ कायम रहेको छ । नियन्त्रणमा लिइएको ट्रक बरामद लत्ताकपडासहित आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएकाे छ ।