हमासले बन्धकमा १३ बर्षका बालक देखी ७९ बर्षियासम्म

प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबिचको जारी युद्दमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

इजरायलले जमिनवाट आक्रामण गर्न खोजे पछि हमासले अपहरणमा परेका सबै १५० जना इजरायलीलाई मारिदिने धम्की दिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

बिबिसीका अनुसार युद्ध लम्बिदैँ जाँदा १५० भन्दा बढीलाई हमासले बन्धक बनाएको छ जबकि तिनीहरूका परिवारहरू आशा र डरमा बाँचिरहेका छन्। 

प्यालेस्टिनी लडाकु समूहले उनीहरूलाई गाजा भित्र ‘सुरक्षित स्थान र सुरुङ’ मा राखेको बताएको छ । तर, चेतावनी बिना इजरायलले प्यालेस्टाइनी नागरिक घरहरूमा बमबारी गरेमा यसरी अपहरण पछि बन्धक भएका सबै इजरायलीहरूलाई मार्ने धम्की दिएको छ।

अपहरणामा पर्नेहरूमा मध्ये ७९ वर्षीया चन्ना पेरी र उनका छोरा ५१ वर्षीय नादव पोपलवेल पनि रहेका छन ।

चन्नाहकी छोरी आयलेट स्वातिट्जकीका अनुसार बन्दुकधारीहरूले आक्रमण गर्दा उनीहरू फोनमा कुरा गरिरहेकी थिइन्। उनले भनिन्, ‘पछि हमास लडाकूहरूले पृष्ठभूमिमा हतियारधारीहरूसहित बसेर उनका दुई जना मधुमेह भएका आफन्तका तस्बिरहरू पठाएका थिए।’

इजरायलबाट हमासले बन्धक बनाएको विश्वासयोग्य रूपमा रिपोर्ट गरिएका मानिसहरूका कथाहरू धेरै छन्। तिनीहरूमा १३ बालबालिका र कम्तिमा आठ ६० वर्ष नाघेका बृद्दहरू अझै अपहरणमा रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

News Karkhana

न्यूज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *