केचना। इलाका प्रहरी कार्यालय केचनाले भारतबाट अवैध रुपमा भित्राउन लागिएको २ सय केजी माछा नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामकुमार यादवको कमाण्डमा खटिको टोलीले आइतबार कचनकवल गाउँपालिका वडा नम्बर ४ को बयरबारी गाउँबाट अवैध रुपमा भारतबाट लुकाईछिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा २ सय केजी (अन्दाजी ६१ हजार मुल्य बराबरको) माछा फेला पारेको थियो । प्रहरीको टोली देखेपछि माछा बोक्ने केरियरहरु माछा छ्डेर साइकलसहित भागेका थिए ।
प्रहरीले उक्त माछाको पोकाहरुलाई बरामद गरी ईलाका प्रहरी कार्यालय केचनामा ल्याएका थिए । पम्प्लेट,रहु,पङ्गास प्रजातिका माछाहरु रहेको इलाका प्रहरी कार्यालयका प्र.स.नि यादवले बताए। ती माछाहरुलाई स्थानीय जनप्रतिनिधि, स्थानीय र बोर्डर आउट पोस्ट खुट्टामुनीको रोबरमा खाल्डोमा पुरी नष्ट गरिएको थियो ।