Search
Close this search box.
Search
Close this search box.

प्रथम अध्यक्षकप वडा स्तरीय टी–१० क्रिकेट प्रतियोगिता आजबाट सुरु

बुधबारे । आदर्श युवा क्लब बुद्धशान्ति ३ झापाको आयोजना तथा बुद्धशान्ति गाउँपालिकाको सहयोगमा बुधबारेमा प्रथम बुद्धशान्ति अध्यक्ष कप वडा स्तरीय टी–१० क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ ।

क्लबका अध्यक्ष मात्रिका श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन सत्रको संयोजन दिपक सुब्बाले गरेका थिए । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता, उपाध्यक्ष भवानी प्रसाद खतिवडाको बिशिष्ट आतिथ्यता रहेको थियो ।

EPIC EPIC EPIC

कार्यक्रममा ७ वटै वडाका वडाअध्यक्ष, बुद्धशान्ति खेलकुद विकास समितीका सदस्य, क्लबका पुर्व अध्यक्ष, स्थानीय संघ संस्थाका अध्यक्ष÷प्रतिनिधि, इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज, सशस्त्र प्रहरीबल टिमाइका इन्चार्ज तथा अन्य सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

बिशिष्ट अतिथिले बलिङ गरेर र प्रमुख अतिथि प्रसाईंले ब्याटिङ गरेर खेलको उद्घाटन गरिएको थियो ।

आजको खेलमा वडा नम्बर ५ लाई पराजित गर्दै वडा नम्बर ४ पोल बी बाट सेमिफाइनल प्रवेश गरेको छ भने, पोल ए बाट वडा नम्बर ७ लाई पराजित गर्दै वडा नम्बर १ र वडा नम्बर ६ लाई पराजित गर्दै वडा नम्बर २ सेमिफाइनल प्रबेश गरेको क्लबका सचिव दुर्योधन (देव) सिंहले बताए ।

वडा नम्बर १, २ र ४ बाट क्रमशः राम घिमिरे, उद्धव ओली र अर्जुन बराइली म्यान अफ द म्याच घोषित भएका थिए । म्यान अफ द म्याचको ट्रफी सबै खेलको लागि लबज डिजाइनिङ एन्ड प्रीन्टिङ प्रेसका सञ्चालक टंक निरौलाले सौजन्य गरेका छन् ।

त्यस्तै आजको तीन खेलको म्यान अफ द म्याचको नगद रु. १ हजार १ सयका दरले क्रमशः पालिका सन्देश साप्ताहिक, मदन प्रसाईं र दिनेश खतिवडाले सौजन्य गरेका थिए ।

क्लबका निवर्तमान अध्यक्ष मनेष दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव दुर्योधन (देव) सिंहले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष भवानी प्रसाद खतिवडाले शुभकामना मन्तव्य राख्दै खेलाडीलाई हौसल प्रदान गरेका थिए ।

भोलीको पहिलो सेमिफाइनल खेल वडा नम्बर १ र २ विच हुनेछ भने दोस्रो सेमिफाइनल वडा नम्बर ३ र ४ विच हुने आयोजक कमिटिका संयोजक दिपक सुब्बाले बताएका छन् । प्रतियोगिताको उपाधी बिजेताले नगद २५ हजार रुपैयाँँ र उपबिजेताले १५ हजार नगद , ट्रफी, मेडल र प्रामणपत्र पाउने संस्थाका अध्यक्ष मातृका श्रेष्ठले बताएका छन् ।

साथै खेल अवधिमा प्रत्येक खेलाडीले छक्का हानेमा प्रत्येक छक्काको रेडबुल प्रदान गर्ने स्थानीय समाजसेवी मदन प्रसाईंले उद्घोष समेत गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *