कब्बडीमा ऐतिहासिक पदक दिलाउने अनुजालाई हल्दिबारीमा सम्मान

हल्दिबारी। एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक दिलाउने कब्बडी खेलाडी हल्दिबारी वडा ३ कि अनुजा कुलुंग राई लाई हल्दिबारी गाउँपालिकाले आज नगद सहित सम्मान गरेको छ

नेपाली कबड्डी टोलीले सरकारबाट प्राथमिकता नपाउँदा निकै कष्ट गरेर तयारी गरेको थियो । पछिल्लो एक महिना भारतको हरियाणा पुगेर धर्मशालामा प्रशिक्षण गरेको टोली नेपालका लागि पहिलो एसियाली खेलकुद सहभागितामै पदक जित्न सफल भएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

हल्दिबारी वडा नं १ गोल्धाप बजारमा वडा दशैँ २०८० सालको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान ,पुनर्मिलन सहित को महानवमी मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा उनलाई सम्मान गरिएको थियो।

शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रममा प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री माननीय सांसद राजेन्द्र प्रसाद लिङ्देनले अनुजा कुलुंग राई लाई खादा,अबिर लगाई सम्मान पत्र प्रधान गरेका थिए भने नगद ४५,००० हजारको चेक गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन , उपाध्यक्ष लक्ष्मी देवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मान ब. वन (महेन्द्र ) ले उक्त हजारको चेक गाउपालिका को तर्फ बाट हस्तान्तरण गरेका थिए।

कार्यक्रममा हल्दिबारी गाउपालिका का सम्पूर्ण जनप्रतिनिधिहरू, कर्मचारीहरु, शुभेच्छुक लगायत सयौँको सहभागिता रहेको थियो।
सोही कार्यक्रमम तत्कालीन गोलधाप गाउँ पञ्चायतका संस्थापकका रुपमा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन का पिता मानप्रसाद लिङदेनलाई गोलधाप बजार व्यवस्थापन समितिले सम्मान गरेको थियो।

सम्मान कार्यक्रमको संचालन हल्दिबारी गाउँपालिका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *