चितवन, भरतपुर महानगरपालिका–२९ जुगेडी पुल छेउमा बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु.२ ख १७७८ नम्बरको बसको ढोकाबाट लडेर बसमा सवार पाल्पा अर्गेनी घर भएका २६ वर्षीय अशोक भट्टराईको सोमबार दिउँसो मृत्यु भएको छ ।
बसबाट लडेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।